Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चितवन दुर्घटनाः मर्नेको संख्या ३ पुग्यो

Accident-1499161093-15397-1539779136.jpg

३१ असोज, हेटौँडा । चितवनको कुरिनटारमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी ज्यान जानेमा धादिङ, कल्लेरीका २५ वर्षीय चन्द्रबहादुर नेपाली, धादिङ, बैरेनी–६ बस्ने ४ वर्षीय बालक रोशन गैरे र धादिङकै भुवन श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 
दुर्घटनामा परी चारजना घाइते भएका छन् । घाइते हुनेहरुमा धादिङ, बैरेनी–६ का १९ वर्षीय रमेश रोक्का, सोही ठाउँका सन्दीप मल्ल, ट्यांकर चालक सुन्दर खड्का र विनोद धामी रहेका छन् । 
गम्भीर घाइते रहेका रोक्काको गजुरी अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं ‘रेफर’ गरिएको छ भने गम्भीर अवस्थामै रहेका ट्यांकर चालक खड्काको भरतपुरको मनकामना अस्पताल तथा धामी र मल्लको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत् इच्छाकामना गाउँपालिका–४, कुरिनटार, केबलकारनजिक सो दुर्घटना भएको हो । पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशातर्फ गइरहेको दूध बोक्ने बा१घ ५६५ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

थप समाचार