Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

चेपाङले भने–बानियाँ मनकारी नेता रहेछन्

Kambal2-1546344024.jpg

१७ पुस, हेटौँडा । राक्सिराङका स्थानीय चेपाङहरुले प्रदेशसभा सदस्य एवं प्रदेश ३ नेपाली कांग्रेस संसदीय दलका नेतालाई मनकारी नेताको संज्ञा दिएका छन् । बानियाँको सामाजिक सहयोग देखेर उनीहरुले मंगलबार उनलाई मनकारी नेताको संज्ञा दिएका हुन् ।

मेलमिलाप दिवसको अवसरमा राक्सिराङका चेपाङहरुलाई कम्बल वितरण गर्न पुगेका उनलाई स्थानीयले मनकारी नेता भन्दै धन्यवाद दिएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा उनले राक्सिराङ गाउँपालिका वडा नम्बर १, २, ३ र ४ का विपन्न चेपाङ समुदायलाई ४ सय ६५ थान कम्बल वितरण गरेका छन् । कम्बल सहयोग पाएपछि उनीहरुले बानियाँलाई मनकारी नेता भन्दै धन्यवाद दिएका थिए । ‘अरु त भोट माग्न मात्रै आउँथे, तर इन्द्र बानियाँले दुःखमा सहयोग पनि गरेका छन् ।’–एक बृद्ध चेपाङले भने–‘मनकारी नेता रेछन् ।’ जाडोको समयमा विपन्न चेपाङका परिवारलाई राहत स्वरुप सहयोग गरेको बानियाँले बताए । बानियाँले आफ्नो प्रदेश सभा सदस्यको सेवा सुविधा र व्यक्तिगत लगानीमा आफ्नो क्षेत्रमा विकासको कामदेखि सामाजिक हितमा खर्च गर्दै आएका छन् ।

कम्बल वितरण कार्यक्रममा प्रदेशसभा सदस्य सन्त चेपाङ, राक्सिराङ गाउँपालिका प्रमूख राजकुमार मल्ल, उपप्रमूख निर्मला हिमडुङ, कांग्रेस १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका प्रमूख दामोदर खनाल, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, मनहरी गाउँपालिका सचिव प्रकाश बर्तौला, कांग्रेस मकवानपुरका सूचना प्रमूख सुजन विडारी, राक्सीराङ २ का वडा अध्यक्ष सूर्यबहादुर मुक्तान, खेम चेपाङ, साविक सरिखेतका सभापति बीरेन्द्र जिम्वालगायत लगायतको सहभागिता रहेको थियो ।

Kambal1-1546344024.jpg
Kambal3-1546344074.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार