Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

बाग्मति गोल्डकप : उद्घाटन खेलमा आयोजक पराजित (तस्विरहरु)

P1-1547645887.jpg

२ माघ, हेटौँडा । बाग्मति खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि शुरु भएको दोस्रो बाग्मति गोल्डकपको उद्घाटन खेलमा आयोजक टिम पराजित भएको छ । 
जनता मावी फापरवारीको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक बाग्मति गाउँपालिका भरतपुर फुटबल क्लबसंग पराजित भएको हो । खेल अवधीभर दुबै टिम १–१ गोलको बराबरीमा खेलेका थिए । खेलको २५ औं मिनेटमा सागर चौधरीले पहिलो गोल गर्दै भरतपुरलाई अग्रता दिलाए पनि ६० औं मिनेटमा बाग्मतिका नितेश गुरुङले बराबरी गरेका थिए । खेल अवधीमा थप गोल नभएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा भरतपुर ४–३ गोल अन्तरले पराजित भएको छ । 
विहिबार मध्यपुर थिमी र बीरगंज ११ बीच खेल हुनेछ । २ विभागीयसहित १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैँयासहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
बाग्मति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण बलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राष्ट्रिय टिमका प्रशिक्षक मेघराज केसीलाई सम्मान गरिएको थियो ।

P2-1547645968.jpg
P4-1547645972.jpg
P5-1547645975.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

थप समाचार