५ माघ, हेटौँडा । मकवानपुर प्रहरीले पत्रकार एवं शिक्षक मनोहर ढकालको हत्यामा संलग्न ४ जनालाई शनिबार सार्वजनिक गरेको छ । घटना भएको दुई सातामा प्रहरीले घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाईएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई सार्वजनिक गर्ने क्रममा दिएको प्रारम्भिक घटना विवरण यस्तो छ ।
v वारदात मिति, समय : २०७५।०९।२५ गते अं १७:३० बजेको समयमा
v घटनास्थल – जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.१ भैरवडाडा जंगलमा
v कसुर – ज्यान सम्बन्धी
v घटनाको अनुसन्धानको लागि प्र.नि. मधु कुमार थापा समेत ७ जनाको टोली अनुसन्धानमा खटिएको ।
v अनुसन्धानको बिधी – प्रारम्भिक अनुसन्धान घटनास्थल मुचुल्काको क्रममा तालिम प्राप्त म्यन को प्रयोगबाट शंकित व्यक्ति भागेको बाटोको सहि दिशाको मार्ग निर्देशित भएको । पटक–पटक घटनास्थलको अवलोकन । अन्दाजी १५० जना व्यक्तिसंग सोधपुछ । केही व्यक्तिहरुको निगरानी । प्रविधीको बिषेश प्रयोग ।
v पक्राउ व्यक्ति
संलग्न व्यक्ति
जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.११ बस्ने राजन पुडासैनीको छोरा बर्ष १९ को अनमोल पुडासैनी
जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं.१ बस्ने पदम वाईबाको छोरा बर्ष १८ को प्रविण वाईबा
समान खरिद कर्ता
जिल्ला मकवानपुर भिमफदी गा.पा. वडा नं.६ बस्ने बर्ष ३१ को दिनेश थापा मगर (दिनेश मोबाईल एण्ड ईलेक्ट्रोनिक सेन्टरका संचालक)
जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.२ बस्ने बर्ष ४८ को नारायण बहादुर सुनार (नारायणी सुनचाँदी पसलका संचालक)
v बरामद समान –
सुनको औठी थान १, Vivo कम्पनीका मोबाइल थान १, हार्ड डिक्स र डाटा केवल
v कारवाही – मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्ग कसुर गरेको हुँदा जन्म कैद समेत हुने ।
v अपराध पृष्ठभुमी
मिति २०७५।०९।२५ गते साँझको १७:१३ बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.१ मा ऐ.ऐ. वडा नं.११ बस्ने बर्ष ४२ को मनोहर ढकाल घाईते छ भनि अमृत वाग्लेले प्रहरीलाई जानकारी गराई यस कार्यालयबाट प्र.नि. समेतको टोली घटनास्थलमा १७:३० बजे पुगेको ।
मनोहर ढकाललाई घटनास्थलबाट तत्काल हेटौडा अस्पतालमा ल्याएको ५ मिनेट पछि डाक्टर मृत्यु घोषणा गरेको ।
जु.प्र.अ.को कमाण्डमा तत्काल टोली खटाई घटनास्थल सुरक्षित राखिएको ।
मिति २०७५।०९।२६ गते बिहान ०७:०० बजेको समयमा प्र.नि. मधु कुमार थापा समेतको टोली घटनास्थलमा खटि गई घटनास्थल मुचुल्का समेत गरी अनुसन्धान सुरु गरेको ।
मिति २०७५।०९।२६ गते बिहान ०८:३० बजेको समयमा घटनास्थलको अनुसन्धानको लागि अपराध संग सम्बन्धित dog शाखाको बिशेषज्ञ सहितको dog को प्रयोग गरिएको ।
घटनास्थलबाट मृतकको M लेखेको सुनको औठी, मोबाईल र हार्ड डिक्स लगाएत लुटि लगेको ।
घटनासंग सम्बन्ति ईलाकाको १५० जना बढी व्यक्तिहरुसंग सोधपुछ गरेको तथा घटनास्थलको पटक–पटक अवलोकन गरिएको ।
घटना सम्बन्धमा मृतक लगायत शंकास्पद व्यक्तिहरुको फोन नं।हरुको अनुसन्धानको शिलशिलामा प्राबिधीको बिशेष प्रयोग गरेको ।
मिति २०७५।१०।०४ गते १३:३० बजेको समयमा मृतकको मोबाईल फेला पारी दिनेश मोबाईल एण्ड ईलेक्ट्रोनिक सेन्टर पसलबाट बर्ष ३१ को दिनेश थापा मगरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.११ बस्ने बर्ष १९ को अनमोल पुडासैनीसंग रु.१०,०००।–मा खरिद गरेको कुरा बताएको, नागरिकताको छायाँकपी समेतबाट खुलेको ।
अनुसन्धान गर्दै जाँदा मिति २०७५।१०।०४ गते १७:०० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.४ स्थितबाट घटनामा संलग्न मुख्य अनमोल पुडासैनी, प्रविण वाईबालाई पक्राउ गरेको ।
v पक्राउ व्यक्तीहरु संग सोधपुछ गर्दा
मिति २०७५।०९।२५ गते साँझ अं. १६:४५ बजेको समयमा हामीहरु बसी गफ गरी रहेको ठाँउमा निज मनोहर ढकाल आई आई भाईहरु तिमीहरु जंगलमा किन बसेको बदमासी गर्न बसेको हो प्रहरीलाई बोलाई दिउ भनी हामीलाई धम्क्याउदा हामीले पनि किन त्यस्तो भनेको भनि हाम्रो बिचमा बाद बिवाद भईरहदा निजको हातमा रहेको सुनको औठी र झोला समेत बोकेकोले प्रलोभनमा परी निजले चलाएर आएको ना २३ प ६३३८ नं.को डिस्कभर मोटरसाईकल स्टार्ट अवस्थामा नै रहेको अवस्थामा हात समाती तानी लडाई घाटी थिची निजले लगाएको M लेखेको सुनको औठी, पर्स, हार्ड डिक्स र झोला समेत खोसी मुखमा मुक्काले हिर्काई मार्ने नियतले घटनास्थलमा ढुंगा भएको खोल्सीमा धकेली दिएको र मोबाईल, सुन र पर्समा भएको रु.५००।–लिई पर्स खोल्सीमा फालेको, झोलामा केही नभएकोले झोला पनि फाली हार्ड डिक्स समेत लिई घटनास्थलबाट फरार भएको ।
मिति २०७५।०९।२६ गते जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.२ स्थित नारायणी सुनचाँदी पसलमा M लेखेको सुनको औठी बेचेको र उक्त सुनचाँदी पसलका संचालक बर्ष ४८ को नारायण बहादुर सुनारको पसलबाट उक्त औठी बरामद गरी निजलाई नियन्त्रणमा लिएको ।
हार्ड डिक्स र डाटा केवल जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.४ एनसेल कार्यालय पछाडी मदन रिजालको घरकोठा भाडामा लिई बस्ने गरेको अनमोल पुडासैनीको डेराकोठाबाट बरामद गरेको ।
v घटनाको बारेमा थप अनुसन्धान भईरहेको ।
यो पनि पढ्नुस्
यस्तो छ ढकालको मुत्यु भएको स्थल(तस्विर सहित)
हेटौँडामा भएको दुर्घटनामा ढकालको मृत्यु
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

















