६ माघ, हेटौँडा । हेटौडामा सोमबारदेखि सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की सघं काठमाडौंको आयोजनामा हक्की प्रतियोगिता हुन लागेको आयोजकले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
माघ ११ गते सम्म दगां प्रहरी गण हेटौडाको मैदानमा हुने प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबसहित प्रदेश नम्बर १,२,३,४ र ७ को टोली सहभागी हुने कार्यक्रम संयोजक हक्की सघंका केन्द्रीय सदस्य मनोज शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताबाट राष्ट्रिय टिम छनौट गर्ने लक्ष्य रहेको छ । प्रतियोगिताको अनुमानित खर्च ११ लाख रहेको छ। प्रतियोगितामा सोमबार पहिलो खेल नेपाल आर्मी र प्रदेश १ र दोस्रो खेल प्रदेश नम्बर ३ र प्रदेश नम्बर २ बीच हुनेछ ।
मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक रामेश्वर घिमिरे, मकवानपुर हक्की संघका अध्यक्ष प्रताप सिंह क्षेत्री, मकवानपुर खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज लगायतको सहभागिता रहेको थियो ।
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । ...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...



_l9s80M-1781750307.jpg)













