Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सरकारविरुद्ध आन्दोलन चर्काउने नेतृ भुसालको चेतावनी

IMG_0124-1549277957.JPG

२१ माघ, हेटौँडा । सरकारले अधिनायकवादी कार्यशैली देखाएको भन्दै नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा सोमबार प्रर्दशन गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संघीय संसदकी सचेतक पुष्पा भुसालले केपि ओली नेतृत्वको सरकार सबै क्षेत्रमा असफल भएको बताइन् । उनले सरकारले एक बर्षमा आर्थिक समृद्धिको काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको र अन्तराष्ट्रिय कुटनीतिक मर्यादा समेत कायम गर्न नसकेको बताईन् । उनले कम्युनिष्ट सरकारले संविधान र संसदीय अभ्यासलाई कमजोर पार्न खोजे कांग्रेसले संसद र सडकबाट खबरदारी गर्ने चेतावनी दिईन् । 
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस प्रदेश ३ का संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान कम्युनिष्ट सरकार आएपछि गरिबी र भ्रष्टाचार चरम विन्दुमा पुगेको र विकास खर्च २० प्रतिशत पनि नभएको बताए । उनले जनताको हितमा काम गर्न नसक्ने, विकास गर्न नसक्ने, महंगी घटाउन नसक्ने, शान्ति सुरक्षा कायम गर्न नसक्ने सरकारविरुद्ध आन्दोलनको विकल्प नभएको बताए ।
नेपाली कांग्रेस मकवानपुरले गरेको विरोध प्रर्दशनमा सहभागीहरुले अधिनायकवादी कार्यशैली रोक्नुपर्ने, संसदीय मर्यादा कायम हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, निर्मला पन्तलाई न्याय दिनुपर्ने, डा. गोविन्द केसीको माग पुरा हुुनपर्ने लगायतका नारा लगाएका थिए । सभा अघि हेटौँडाको ४ वटा नाकाबाट ¥यालीसहित प्रर्दशन गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार