Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मेलामा अनुगमन, अखाद्य बस्तु समेत फेला

1Anugaman-1552233429.jpg

२६ फागुन, हेटौँडा । हेटौँडा–५ क्याम्पाडाँडा चौरमा जारी औद्योगिक व्यापार मेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरको टोलीले अनुगमन गरेको छ । 
आइतबार भएको अनुगमनमा मेलामा रहेका स्टलबाट अखाद्य बस्तु समेत फेला परेको जनाईएको छ । अनुगमन टोलीले म्याद गुज्रिएका पेय पदार्थ र चाउमिन जफत गरेको छ । अनुगमनमा क्रममा पानीको मूल्य मेला आयोजकले तोकेभन्दा बढि लिएको पाईएको थियो । बरामद गरेका सामग्रीलाई अनुगमन टोलीले नष्ट गर्नुका साथै स्टल समेत बन्द गराएको थियो । अनुगमन टोलीले सामान्य त्रुटि फेला परेका स्टललाई सचेत गराएको छ भने पुनः गल्ति दोहोरिएमा कारवाही गर्ने जनाएको छ । 
गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजालको नेतृत्वमा भएको अनुगमनमा खाद्य निरिक्षक खगेन्द्रप्रसाद खतिवडा, सरोज पौडेल, सुशिल कोइराला, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि विनोद अधिकारी, उपभोक्ता मञ्च मकवानपुरका अध्यक्ष कुमार पौडेल, सचिव नवराज कोइराला, उपमहानगरपालिकाका प्रतिनिधि ऐलिना न्यौपाने, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपभोक्ता संरक्षण मञ्च मकवानपुरका कोषाध्यक्ष शान्तिप्रिय बन्दना लगायतको सहभागिता रहेको थियो ।

Anugaman-1552233430.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार