२५ चैत, हेटौंडा । मोफसलको चर्चित फुटबल क्लब विजय युथ क्लब हेटौंडालाई लट्टीनाथ निर्माण कम्पनी प्रालिले प्रायोजन गरेको छ ।
सिमरा गोल्डकपको विजेता समेत रहेको मकवानपुरको सवैभन्दा सफल फुटबल क्लब विजय युथलाई लट्टीनाथले प्रायोजना गरेको हो । क्लबका व्यवस्थापक राजेश भेटवाल र कम्पनीका सञ्चालक रविकुमार श्रेष्ठबीच भएको सहमति अनुसार अब क्लबको नाम लट्टीनाथ विजय युथ फुटबल क्लब रहेनछ । सहमति अनुसार मोफासलमा सञ्चालन हुने विभिन्न प्रतियोगितामा सहभागी हुँदा लट्टीथान विजय युथ क्लबको नाममा सहभागी हुनेछ । प्रायोजनबापत्को रकम भने खुलाइएको छैन ।
‘हामीले मकवानपुरमा लामो समयदेखि फुटबलको विकासका लागि काम गरिरहेका छौं । यस सम्झौतालाई दीर्घरुप दिने विषयमा छलफल भइरहेको छ ।’, क्लबका अध्यक्ष सुदिप राजबाहकले भने । उनका अनुसार क्लबले सहमतिपश्चात् पाँचथरमा जारी राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउँदैछ । पाँचथरको फिदिममा हुने फिदिम गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा विजय युथले चैत २७ गते ए डिभिजन क्लब जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछ ।
विजय युथको प्रशिक्षकको रुपमा सुविन घिमिरे रहेका छन् । टोलीमा हेटौंडा सहित देशका चर्चित अनुहार र विदेशी खेलाडीको समिश्रण रहेको छ । यसपटक प्रतियोगिता च्याम्पियन बन्ने दाउमा क्लब रहेको बताइएको छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















