Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

सरकारबाट खेलाडीहरु नगदसहित सम्मान

KP-1-1556802890.jpg

१९ वैशाख, हेटौँडा । सरकारले फुटवल, क्रिकेट र शारिरीक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच खेलाडीहरुलाई सम्मान गरेको हो ।
मन्त्रालयले युएईविरुद्धको एक दिवसीय र टि–२० सिरिजमा बिजेता क्रिकेट खेलाडी, १२ औं सागमा स्वर्ण पदक विजेता फुटबल खेलाडी र विश्व शारिरीक सुगठनका स्वर्ण पदक विजेता खेलाडी महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको हो । 
सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नेपाली क्रिकेट टिमका विजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान गरे । 
कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान पारख खड्काले सरकारले सो सम्मानबाट आफूहरुलाई झनै उत्साही बनाएको प्रतिक्रिया दिए । उनले त्यस अवसर अझै राम्रो खेल खेलेर नेपालको मान, सम्मान विश्वमा अझै उचाईमा पु¥याउने प्रतिवद्धता पनि गरे ।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले नेपालको मान र शान बढाउने खेलाडीहरुलाई सम्मान गर्न पाएकोमा गौरवको अनुभूति भएको प्रतिक्रिया दिए । उनले नेपालको खेलकुद क्षेत्रको विकास, विस्तार र समृद्धिका लागि आवश्यक पूर्वाधार विकासको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता पनि दोहो¥याए ।
सरकारले सन् २०१६ मा भारतमा सम्पन्न भएको १२ औं साग खेलकुद प्रतियोगितामा फुटवलतर्फ स्वर्ण पदक हात पार्न सफल नेपाली फुटबल टिमका खेलाडीहरुलाई पनि जनही ३ लाखका दरले पुरस्कार दिएको छ । 
कार्यक्रममा विश्व शारिरीक सुगठनका च्याम्पियन महेश्वर महर्जनलाई पनि ५ लाख नगद प्रदान गरिएको थियो ।

KP-2-1556802891.jpg
KP-3-1556802891.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाग बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाग आइतबार(आज) एक दिन बन्द रहेने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

थप समाचार