Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लिभरपुलको उत्कृष्ट पुनरागमन, बार्सिलोना ४–० ले पराजित

1-1557278215.jpg

२५ वैशाख, हेटौँडा । च्याम्पियन्स लिगमा उत्कृष्ट पुनरागमन गर्दै इंग्लिश क्बल लिभरपुल फाइनलमा प्रवेश गरेको छ । शीर्ष स्थानको बार्सिलोनालाई ४–० पराजित गर्दै लिभरपुलले उपाधि भिडन्त पक्का गरेको हो ।
सेमिफाइनलको पहिलो लेगमा ३–० ले पछि परेको स्थिति उल्टाउँदै लिभरपुल फाइनलमा पुगेको हो । फाइनल प्रवेशका लागि लिभरपुललाई ४ गोलको अन्तर निकाल्नैपर्ने दबाब थियो । र, लिभरपुलले यो गरेर देखाइदियो ।
लिभरपुलको जितमा डिभक ओरिजी र जर्जिनयोले २–२ गोल गरे । डिभकले ७ औं र ७९ औं मिनेटमा गोल गरेका हुन् भने जर्जिनियोले ५४ औं र ५६ औं मिनेटमा गोल गरे ।
च्याम्पियन्स लिगमा लिभरपुलका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो नतिजा हो ।
मुख्य फरवार्डहरु मोहम्मद सलाह र रोवर्टो फिर्मिनो बिनै खेलेको लिभरपुल टिमको प्रदर्शन निकै उत्कृष्ट थियो ।
ला लिगा जितिसकेको बार्सिलोनाले पाएको गोल गर्ने उत्कृष्ट मौका गुमाउँदा हार्न पुग्यो ।
च्याम्पियन्स लिग दोस्रो सेमिफाइनल दोस्रो लेगमा बुधबार टोटनह्याम र नेदरल्याण्ड्सको आयाक्स भिड्नेछन् । (एजेन्सी)
 

2-1557278216.jpg
3-1557278216.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार