२८ वैशाख, हेटौँडा । चेन्नई सुपर किंग्स भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा प्रवेश गरेको छ । ओपनर फाप डुप्लेसिस र शेन वाट्सनले अर्धशतकीय पारी खेलेपछि दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरी चेन्नई फाइनलमा प्रवेश गरेको हो ।
विसाखापट्टनममा भएको दोस्रो क्वालिफायर खेलमा १४८ रनको लक्ष्य चेन्नईले १९ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो । ओपनर डुप्लेसिस र वाट्सन दुवैले समान ५०÷५० रनको पारी खेले ।
चेन्नईका लागि अम्बाती रायडु अविजित २० रन, सुरेश रैना ११, र कप्तान महेन्द्र सिंह धोनीले ९ बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धाति २० ओभरमा ९ विकेट गुमाएर १४७ रनको बनाएको थियो । दिल्लीका ऋषभ पन्तले सर्वाधिक ३८ रन बनाएका थिए । यस्तै दिल्लीका लागि कोलिन मुनरोले २७, शिखर धवनले १८, कप्तान श्रीयास आयरले १३, शेरफान रथरफोर्डले १० र इशान्त शर्माले पनि १० रनको योगदान दिए ।
बलिङतर्फ चेन्नईका लागी दीपक चहर, हरभजन सिंह, रविन्द्र जडेजा र ड्वायन ब्राभोले समान २–२ विकेट लिए ।
अब उपाधिका लागि चेन्नईले आइतबार मुम्बई इण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बईसँग नै हारेपछि चेन्नईले दोस्रो क्वालिफायर दिल्लीसँग खेल्नुपरेको हो ।
यी दुई टोलीले अहिलेसम्म तीन तीन पटक आईपीएल जितेका छन् । मुम्बईले २०१३, ०१५ र १७ मा उपाधि जितेको थियो भने चेन्नाईले सन् २०१०, ०११ र ०१८ मा उपाधि जितेको थियो । (एजन्सी)
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















