Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मनहरीमा युवा सक्रियताको प्रशंसा

4-1480929051.jpg

२० मंसिर, हेटौंडा । स्वयम्सेवक दिवसको अबसरमा मनहरी स्वयम् सेवक समूहले सोमबार मनहरीमा  चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा समूहले २ महिने अबधिमा हासिल गरेको उपलव्धी र युवाको सक्रियताको प्रशंसा, सफलताको विवरण सुनाएपछि मनहरीका राजनीतिक पार्टी, संघसंस्था, व्यापारी, बुद्धिजीवि लगायतले समूहको कामको प्रशंसा गरे ।

समूहले २ महिने अभियान अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र मनहरीको विद्युत बक्यौता ४ लाख ७७ हजार रुपियाँ दुई किस्ता गरी तिरेको थियो । कार्यक्रममा बोल्दै समाजसेवी एकराज उप्रेतीले यो काम राष्ट्रिय रुपमै उदाहरणीय भएको भन्दै प्रशंसा गरे । उनले चाह्यो भने स्थानीय स्रोत र साधन प्रयोग गरेर थुप्रै काम गर्न सकिने उदाहरण युवाहरुले प्रस्तुत गरेको बताए । 
कार्यक्रममा बोल्दै स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर फिरोज राइनले युवाहरुले गरेको कामको तारिफ गर्दै यस्तै काम अन्यत्र कहीँकतै आफूले नदेखेको बताए । भौतिक र सेवा सुधारका लागि अझै युवाहरुको जरुरत रहेको भन्दै उनीहरुले एक अर्कामा हातेमालो गरेर गरिने कामले सदैब सफलता पाउने बताए ।

स्वास्थ्य केन्द्रका अध्यक्ष तथा गाविसका सचिव मीनराज कोइरालाले पनि कामको प्रशंसा गर्दै राजनीतिबाट पर भएर काम गर्न सकेमा सफलता पाउने उदाहरण प्रस्तुत गरे । कार्यक्रममा समाजसेवीहरु हरिचन्द्र शाही, गौतम लामा, पूर्व अध्यक्ष विष्णुराम कालाखेती, नारायण सुवेदी, लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सोही अबसरमा विभिन्न व्यक्तिहरु, संघसंस्थाले समूहको काममा एक्यबद्धता जनाउँदै १ लाख ३ हजार ३ सय १६ रुपियाँ सहयोग गरेका छन् ।सहयोग गर्नेहरुमा मनहरी लोकल ढुवानी व्यवसायी संघ, नारायण उप्रेती, होमराज पुलामी, वेदमणि सेढाई, राजु राउत, शालिकराम बानियाँ, नवराज अर्याल, बिमला घलान, हरिचन्द्र शाही लगायत रहेका छन् ।

५ हजारभन्दा बढी रकम सहयोग गर्नेहरुको नाम सिलालेखमा राखिने समूहले जनाएको छ । कार्यक्रम समूहका अध्यक्ष ठाकुरराम तितुङको अध्यक्षतामा भएको थियो । सो अबसरमा समूहले कोरिया, जापानमा रहेका युवाहरुले अभियानमा साथ दिएकोप्रति हार्दिक आभार व्यक्त गरेको थियो ।
सञ्चारकर्मीसहित सातजना सम्मानित
स्वयम्सेवक दिवसको अबसर पारेर मकवानपुरको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चारकर्मीसहित मनहरीका ७ जना युवालाई सम्मान गरेको छ ।

मनहरीमा सोमबार आयोजित कार्यक्रममा सञ्चारकर्मी शिवकुमार काशीसहित ७ जनालाई सम्मान गरेको हो । प्रशंसापत्रसहित सम्मानित हुनेहरुमा मनहरी स्वयम्सेवक समूहका संयोजक ठाकुरराम तितुङ, नवीन सुवेदी, मीरा मल्ल, शिवशंकर स्याङ्तान, नुरोज पौडेल र सगुन स्यांतान रहेका छन् ।

मनहरी स्वयम्सेवक समूह गठन गरी उनीहरूले प्राथमिक स्वास्थ्य केन्द्रको विद्युत बक्यौता तिर्ने अभियान चलाएका थिए । आइतबार मात्रै २ लाख ७७ हजार रुपियाँ बक्यौता तिरेर उनीहरुले स्वास्थ्य केन्द्रलाई ऋणमुक्त बनाएका थिए । ४ लाख ७७ हजार विद्युत बक्यौता तिर्नका लागि समूहले २ महिना अभियान चलाएर प्रतिब्यक्ति न्यूनतम ५ हजार रुपियाँ संकलन गरेका थिए ।

स्वदेशमा रहेका तथा कोरिया, जापान, साउदी लगायतका देशमा रहेका युवाहरुलाई समेटेर चालिएको अभियानपछि विद्युतको बक्यौता शुन्यमा झारिएको अबसरमा स्वास्थ्य केन्द्रले कार्यक्रम आयोजना गरी युवाहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा स्वास्थ्य केन्द्र सहयोग तथा विकास समितिका अध्यक्ष मीनराज कोइराला, पूर्व अध्यक्ष एकराज उप्रेती, डाक्टर फिरोज राइन लगायत अतिथिहरुले युवाहरुको कामको प्रशंसा गरेका थिए । 

कार्यक्रममा मनहरीका विभिन्न वडाहरुमा सक्रिय ढंगले काम गर्ने तीन जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम गाविस सचिव तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मीनराज कोइरालाको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार