१० जेष्ठ, हेटौँडा । राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता शुक्रबारबाट हेटौँडामा शुरु भएको छ ।
मकवानपुर क्योकुशिन कराँते संघको आयोजनामा हेटौंडाको हुप्रचौरमा भएको प्रतियोगितामा शुक्रबार ६० केजि भन्दा कमका पुरुष तथा ५५ केजि माथिका महिला प्रतियोगिहरुले प्रतिस्पर्धा गरेका छन् ।
६० केजि भन्दा कम तौल समूहमा मकवानपुरका विनोद थापा, स्याङ्जाका विक्की गुप्ता, काठमाण्डौँका तेन्जीङ केप्चे कार्की, रुपन्देहिका थमप्रसाद खड्का, ललितपुरका सरोज तामाङ, काठमाण्डौँका राजेन्द्र तामाङ, दावा लो, सन्तोषकुमार लामा, राजेश लामा, उत्तमलाल वाईवा, रुपन्देहीका सुरेन्द्र सुनार, पर्साका प्रिन्सकुमार यादव, कास्कीका राजेन्द्र थापामगर, काभ्रेका सुरज तामाङ र ललितपुरका महेशकुमार भुजेल विजयी भएका छन् ।
यस्तै ५५ केजि माथि महिला तर्फ नवलपुरकी विमला रुम्बा, झलकुमारी महत्तो ललितपुरकी सुनिता राई, स्याङजाकी सपना मगर, रोषनी गोतामे, मकवानपुरकी रविना लामा, निर्मला लो, काठमाण्डौकी निशा बोहरा विजयी भएका छन् ।
प्रतियोगिता अन्र्तगत पुरुष तर्फ ६० किलो माथि समुहको पहिलो चरणको प्रतियोगिता शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका २० जिल्लाका १८९ जना खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र र दोश्रो तथा तेश्रो हुनेले क्रमश १५ तथा १० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी बेष्ट फाईटरले नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १० लाख रुपैँया खर्च हुने आयोजक समिति संयोजक शिवनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सांसद तथा अर्थ समिति सभापति कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रम संघका अध्यक्ष कमल बरालको अध्यक्षतामा भएको हो ।
२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...
२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...
२४ बैशाख, काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...
२४ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...
२४ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...
२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...