१० जेष्ठ, हेटौँडा । राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता शुक्रबारबाट हेटौँडामा शुरु भएको छ ।
मकवानपुर क्योकुशिन कराँते संघको आयोजनामा हेटौंडाको हुप्रचौरमा भएको प्रतियोगितामा शुक्रबार ६० केजि भन्दा कमका पुरुष तथा ५५ केजि माथिका महिला प्रतियोगिहरुले प्रतिस्पर्धा गरेका छन् ।
६० केजि भन्दा कम तौल समूहमा मकवानपुरका विनोद थापा, स्याङ्जाका विक्की गुप्ता, काठमाण्डौँका तेन्जीङ केप्चे कार्की, रुपन्देहिका थमप्रसाद खड्का, ललितपुरका सरोज तामाङ, काठमाण्डौँका राजेन्द्र तामाङ, दावा लो, सन्तोषकुमार लामा, राजेश लामा, उत्तमलाल वाईवा, रुपन्देहीका सुरेन्द्र सुनार, पर्साका प्रिन्सकुमार यादव, कास्कीका राजेन्द्र थापामगर, काभ्रेका सुरज तामाङ र ललितपुरका महेशकुमार भुजेल विजयी भएका छन् ।
यस्तै ५५ केजि माथि महिला तर्फ नवलपुरकी विमला रुम्बा, झलकुमारी महत्तो ललितपुरकी सुनिता राई, स्याङजाकी सपना मगर, रोषनी गोतामे, मकवानपुरकी रविना लामा, निर्मला लो, काठमाण्डौकी निशा बोहरा विजयी भएका छन् ।
प्रतियोगिता अन्र्तगत पुरुष तर्फ ६० किलो माथि समुहको पहिलो चरणको प्रतियोगिता शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका २० जिल्लाका १८९ जना खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र र दोश्रो तथा तेश्रो हुनेले क्रमश १५ तथा १० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी बेष्ट फाईटरले नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १० लाख रुपैँया खर्च हुने आयोजक समिति संयोजक शिवनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सांसद तथा अर्थ समिति सभापति कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रम संघका अध्यक्ष कमल बरालको अध्यक्षतामा भएको हो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















