८ असार, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरमा ४ जनालाई स्वागत गरिएको छ । विभिन्न समयमा युनियनमा आबद्ध भएका नयाँ सदस्यहरुलाई आईतबार औपचारिक रुपमा स्वागत गरिएको हो ।
युनियनले शक्ति एफएममा कार्यरत अभिषेक ढकाल र सागर सापकोटा, त्यसैगरी तु खबर डटकममा कार्यरत सम्झना मगर, रेडियो आकाशगंगामा कार्यरत गणेश दुलाललाई स्वागत गरेको हो ।
उनीहरुलाई प्रेस युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहाल, निवर्तमान अध्यक्ष रुपेश दुलाल, पूर्व अध्यक्ष गोकर्ण सुवेदी, नेपाली कांग्रेसका पार्टी प्रवक्ता प्रदिप कोईराला, नगर सभापति आनन्दराम पराजुली लगायतले स्वागत गरेका हुन् ।
कांग्रेस मकवानपुरका उपसभापति एवं कार्यक्रमका प्रमुख अतिथि विष्णु लामिछानेले युनियनमा अावद्ध पत्रकारलाई निष्पक्ष पत्रकारिता गर्न सुझाव दिए । तटस्थ नै पत्रकारिताको मूल मन्त्र भएको भन्दै उनले युनियनमा आवद्ध पत्रकारले निष्पक्ष कलम चलाउने गरेकोमा प्रशंसा गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरको सदस्यता प्राप्त गर्न सफल प्रेस युनियनका २ दर्जनभन्दा बढी सदस्यहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।
युनियनका जिल्ला अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मणीराज गौतम, युनियन संगठन विभाग प्रमुख बलराम पुडासैनी लगायतले मन्तव्य गरेका थिए ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















