९ असार, हेटौँडा । कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयको शैक्षिक भवनको शिलान्यास गरिएको छ । हेटौंडा १० मा ९ करोड ८८ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको २० वटा कोठा सहितको ५ तल्ले भवनको सोमबार शिलान्यास गरिएको हो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार बिहान एक समारोहका बिच शैक्षिक भवनको शिलान्याश गरेका हुन । लामो समयदेखि विवादमा अल्झिएको विश्वविद्यालयको शैक्षिक भवन शिलान्यास भएसंगै भवन अभाबको समस्या झेल्दै आएको विश्वविद्यालयले छुटकारा पाउने भएको छ ।
२० कोठे भवनमा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, सेमिनार हल निर्माण हुने कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय हेटौंडाका डिन डाक्टर बलराम भट्टले बताए । कलेज हातामा करिब २ कठ्ठा जमिनमा २० कोठा सहितको ५ तले सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ । सरकारले कुल एकसय ५८ बिगाहा क्षेत्रफल मध्ये ६० बिगाहा जमिन कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिएको थियो।
कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयका उपकुलपति प्राध्यापक डाक्टर इश्वरी प्रसाद ढकालको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, प्रदेश ३ कांग्रेस संसदिय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश ३ का सांसदहरु प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, पुर्ब सांसदहरु ललित बस्नेत, सुभाषचन्द्र ठकुरी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, बिश्वबिद्यालयका रजिष्टार प्राध्यापक डाक्टर मनराज कोलाक्छपति लगायतकाको आतिथ्यता रहेको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















