Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडा उपमहानगरको बजेट १अर्ब ८१ करोड १८ लाख 

IMG_8126-1561448308.JPG

१० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि १  अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार भएको उपमहानगरपालिकाको पाँचौ नगरसभाको बैठक मार्फत नगर उपप्रमुख मिना कुमारी लामाले आर्थिक वर्ष २०७६र७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन । 
नगरसभा बैठकमा नगर उपप्रमुख लामा आर्थिक वर्ष २०७६र७७ का लागि क्षेत्रगत बजेट विनियोजन गरेको बताएकी छिन । 
जस अनुसार उपमहानगरपलिकाले पूर्बाधार बिकाशका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएको बताउदै जसमा बस टर्मिनल भवनका लागि ३ करोड, मुख्य बजार क्षेत्रमा सुविधायुक्त भ्यु टावर निर्माणका लगि २ करोड, हेटौँडा १०मा रहेको बसपार्कलाई व्यवस्थीत गर्न र पुर्वी क्षेत्र तर्फजाने सवारीका लागि बसपार्क निर्माणका लगि २ करोड विनियोजन गरेको बताइन । त्यसैगरी पूर्बाधार बिकाश अन्र्तगतनै कर्रा कोरिडोर निर्माण कार्यलाई निरन्तरता दिन २ करोड, बृहत्तर चक्रपथका लागि २ करोड विनियोजन गरी अन्य आयोजना सम्पन्न गर्न  पूर्बाधार बिकाशका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएको उप प्रमुख लामाले बताइन । 
त्यसैगरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि आर्थीक विकास तर्फ कुल ४ करोड ९५ लाख ५७ हजार विनियोजन गरेको छ । जसमा प्रदेश सरकारको सहयोगमा निर्माण हुने  आधुनिक कृषि थोक बजार केन्द«का लागि १ करोड,उद्यमशिलताको विकासको लागि २० लाख, पर्यटकीय स्थलको विकास र साना पुर्वाधार सुधारका लागी १ करोड ५८ लाख ट विनियोजन गरीएको छ । 
त्यसैगरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि सामाजिक विकास तर्फ कुल ५८ करोड ५५ लाख ४३ हजार विनियोजन गरेको जनाएको छ । जसमा मृगौला विरामीलाई निःसुल्क डायलोसिस सेवा उपलब्ध गराउन २५ लाख, सामुदायीक विद्यालयमा कार्यरत बालबिकास सहयोगी कार्यकर्ता प्रोत्साहनमा १४ लाख ४० हजार र विद्यार्थीहरुलाई दिवा खाजाका लागि ५ लाख, महिलमा हुने स्तन क्यान्सर र अन्य कडा रोगको परीक्षणका लागि १० लाख , दक्ष जनशक्ती र उपकरण सहित सहरी स्वास्थ्य केन्द« संचालनका लागी ८० लाख विनियोजन गरीएको छ । 
त्यसैगरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि वातावरण तथा विपद व्यवस्थापनका लागि ४ करोड ९९ लाख २० हजार विनियोजन गरेको छ । 
त्यसैगरी उपमहानगरपालीकाले दैनिक कार्यालय सञ्चालनका लागि तलब, भत्ता लगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार बिनियोजिन गरेको र  कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार र वडा कार्यालय मार्फत कार्यक्रम संचालनका लागी ९५ लाख विनियोजन गरेको बताइन । 

निति तथा  कार्यक्रम प्रस्तुतीकरण कार्यक्रममा उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक श्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको विभिन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट आएको बताइन।  उपमहानगरपालिकाको गत वर्षको नगद मौजदातबाट १० करोड रुपैयाँ बेहोरीने र संघिय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने बताइन । 

IMG_8128-1561448308.JPG
IMG_8124-1561448379.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार