Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बजेटको विरोध गर्दै कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध (भिडियोसहित)

Abaruddha-1561459480.jpg

१० असार, हेटौँडा । नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को संसद अवरुद्ध गरेको छ । विनियोजन विधेयकको विरोध गर्दै कांग्रेसले मंगलबार प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । 
बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विनियोजन विधेयक नीति तथा योजना आयोगलाई पूर्ण रुपमा वेवास्ता र अपमान गरेको बताए । नीति तथा कार्यक्रम अनुसार नै सानातिना आयोजनामा बजेट विनियोजन गर्ने परिपार्टीलाई निरुत्साहित गर्न पचास लाख रुपैया भन्दा माथिका आयोजना मात्र छनौट गरी कार्यान्वयन ल्याउने भनिएको पनि १० लाख रुपैंयासम्मको बजेट राखेर आर्थिक अनुशासन मिचेको उनको भनाई थियो । अर्थ विविध शिर्षकमा ८ अर्ब बजेट छुट्याउँदा अनियमितता हुने उनको भनाई छ ।
बजेटमा अबण्ड बजेट राखिएको, १३ जिल्ला मध्ये ४ जिल्लालाई मात्रै बजेट राखिएको, मन्त्रीमुखी मात्रै बजेट विनियोजन भएको जस्ता मुद्धा कांग्रेसले उठाएको छ । रसुवा र सिन्धुपाल्चोकलाई कृषिमा बजेट शुन्य पारेर असली चरित्र प्रर्दशन गरेको नेता बानियाँले बताए । उनले राजधानीको विषय बजेट अघि नै टुंगो लगाउने विषय दुई तिहाईको सरकारले किन वेवास्ता गरेको बताउँदै कांग्रेसले पटक पटक आवाज उठाउदा समेत अघि नबढाउनु निन्दनीय रहेको बताए । 
नेता बानियाँले स्वयंसेवकको नाममा ३५ हजार रुपैँया तलब दिनु आर्थिक अनुशासन विपरित भएको समेत बताए । नेता बानियाँले धारणा राखे लगतै सांसदहरुले उठेर संसद अघि बढ्न नदिएपछि सभामुख सानुकुमार श्रेष्ठले आधा घण्टाका लागि संसद स्थगित भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार