१० असार, हेटौँडा । प्रदेश नम्बर ३ को बजेट विनियोजन प्रति सत्ता र प्रतिपक्ष दुबैतर्फका सांसदहरुले विरोध गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनीहरुले मन्त्रीमुखी बजेट आएकाले यसबाट समाजवाद र समृद्धि नआउने बताएका हुन् ।
मंगलबार आधा घण्टाका लागि अवरुद्ध भएको बैठक सुचारु भएपछि विनियोजन विधेयकमाथिको छलफलमा भाग लिंदै नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले बजेट आर्थिक अनुशासन विपरित आएको भन्दै आपत्ति जनाईन् । उनले प्रदेश नीति तथा योजना आयोगको माग अनुसार उपव्ध गराएको योजना समेत समावेश नभएको बताईन् । उनले एउटै शिर्षकमा टुक्राएर बजेट विनियोजन गर्नु गलत भएको बताईन् । उनले प्रति महिना ३५ हजार तलव दिनेलाई कसरी स्वयंसेवक भन्ने भन्दै प्रश्न गरिन् । उनले बजेटमा आफ्नो सहमति नरहने बताईन् । बैठकमा सांसद न्हुच्छेनारायण श्रेष्ठले डिपिआर भएका योजनालाई उपेक्षा गरेको बताए । उनले अबण्डामा बजेट राखेको पाईएकाले यसले अपारदर्शितालाई प्रोत्साहन गर्ने भन्दै आपत्ति जनाए । उनले योजनाहरु परियोजना बैंक बाहिरबाट आएको र जनमुखी नभएको बताए । उनले समानुपातिक सांसदहरुलाई उपेक्षा गरेको बताए । स्वयंसेवकलाई तलब दिनु गलत भएको भन्दै यो कार्य वन्द गर्न समेत चेतावनी दिए ।
नेकपाका सांसद हिरानाथ खतिवडाले सन्तुलित भएर बजेट आएको गुनासो गर्दै अरुलाई सजिलै अर्ति दिएपनि सरकारले यसलाई अबलम्बन नगरेको देखिएको बताए । उनले बजेट मूख्यमन्त्री र मन्त्रीमुखी भएको उदाहरणसहित प्रस्तुत गरे । भौतिक मन्त्रालय अन्तरगत नुवाकोटमा ३६ योजना पर्दा मकवानपुरमा ११०, पर्यटनमा नुवाकोटमा ३ योजना पर्दा मकवानपुरमा २८ र पर्यटन मन्त्रीको जिल्लामा २५ वटा योजना परेको भन्दै आपत्ति व्यक्त गरे । उनले प्रशस्तै अबण्डा बजेट राखिएको भन्दै बजेट नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता बाहिर गएकोमा असन्तुष्टि व्यक्त गरे । बैठकमा नेकपाका सांसद नारायण सिल्वालले बजेटको प्रशंसा गरेका थिए ।
विबेकशिलका सांसद रमेश पौड्यालले बटेज विचौलिया, ठेकेदार र माफियामुखी भएको बताए । उनले बजेट पुस्तिका महाबतासे योजनाले भरिएको भन्दै जनताको आँखामा छारो हाल्ने काम नगर्न सुझाव दिए । परियोजना बैंकबाट बजेट नपर्ने भएकाले यसका लागि बजेट छुट्याउनु औचित्यहिन हुने बताए । सम्भावित प्रादेशिक सडकमा १ अर्ब छुट्याउनुले थाहा नभएको सडकमा कसरी बजेट विनियोजन गर्न खोजिएको भन्दै आपत्ति जनाए । फरक प्रसंगमा उनले भारतीय च्यानलमा क्लिन फिड लागु गरेकोमा स्वागत गर्दै च्यानल बन्द गर्नु उपभोक्ताहित विपरित हुने बताए । चितवनको भरतपुरमा निर्वाचनमा मतपत्र च्यात्ने दुईजनालाई जिल्ला सदस्य बनाएर पुरस्कृत गरेर गलत कामलाई प्रोत्साह गरेको बताए ।
नेकपाका प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले योजना नै अपहरणमा परेको गुनासो गरे । उनसले समावेशीताको भावना सम्बोधन गहुने भन्दै यसमा चलखेल भएको बताए । उनले आफुहरुलाई गुम्राहमा राख्ने काम गरिएको भन्दै आपत्ति जनाए । उनले ग्रामिण भेगको विकास विना समृद्धि नआउनेतर्फ हेक्का राख्न सरकारका मन्त्रीहरुलाई सुझाव दिए ।
कांग्रेसका सांसद प्रभात लामाले रसुवा र सिन्धुपाल्चोक पनि प्रदेश ३ मै द्ध भन्ने हेक्का मन्त्रीहरुलाई छ ? कृषिको बजेट यी दुई जिल्लामा किन शुन्य भन्दै उनले प्रश्न गरे । एउटै शिर्षकमा धेरै ठाउँमा बजेट राखिएको भन्दै योजना बाँडफाँडमा आर्थिक अपचलन भएको बताए । उनले बजेट बाँडफाँडलाई पुनः संशोधन गरी ५० लाख माथिका मात्रै योजना राख्न सुझाव दिए । नेपाली कांग्रेसका सांसद दिपेन्द्र श्रेष्ठले बजेटले नेकपाभित्रैकै विरोधी सांसदलाई वेवास्ता गरेको बताए । उनले बजेट मन्त्रीमुखी, नेतामुखी र पहुँचमुखी भएको बताउँदै सरकारले नालायकीपन प्रस्तुत गरेको बताए । उनले खल्तिमा ठेकेदार हिड्ने ढंगले बजेट विनियोजन गरिएको भन्दै बजेट प्रत्युत्पादक किसिमको रहेको बताए ।
छलफलमा भाग लिंदै नेकपाका सांसद आङ्देम्बे लामाले यस्तो बजेटले समाजवाद नआउने र टुक्रे कार्यक्रमले समृद्धि समेत नआउने बताए । उनले मन्त्रीको क्षेत्रमा मात्रै बजेट हालेर समृद्धि नआउनेतर्फ ध्यान दिन सुझाव दिए । बजेट विचौलियाको हतमा परेको भन्दै उनले आफुहरु जस्तो ‘निम्छरो’ लाई टुक्रे बजेटमात्रै दिएको गुनासो गरे । समानुपातिक सांसदलाई विभेद नगर्न उनको सुझाव थियो ।
मन्त्री ढुंगेलले भने–प्रतिपक्षको कुरालाई आत्मसात गर्छु
आधा घण्टा अवरुद्ध भएर बैठक शुरु भए लगतै बजेटबारे धारणा राख्न आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेललाई समय दिएका थिए । मंगलबारकै अघिल्लो बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले बजेट र राजधानीको बारेमा राख्नु भएको महत्वपूर्ण धारणाप्रति सरकारको ध्यानाकर्षण भएको मन्त्री ढुंगेलले बताए । उनले कार्यव्यवस्था परार्मश समितिमा महत्वपूर्ण छलफल भएको र यसको निस्कर्षलाई आत्मसात गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
अर्को बैठक असार ११ गते ११ बजे बस्ने भएको छ ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)