Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रदेश योजना : महावतासेदेखि अपचलन र अपहरणसम्मको चर्चा

Budget-Photo-1561472711.jpg

१० असार, हेटौँडा । प्रदेश नम्बर ३ को बजेट विनियोजन प्रति सत्ता र प्रतिपक्ष दुबैतर्फका सांसदहरुले विरोध गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनीहरुले मन्त्रीमुखी बजेट आएकाले यसबाट समाजवाद र समृद्धि नआउने बताएका हुन् ।
मंगलबार आधा घण्टाका लागि अवरुद्ध भएको बैठक सुचारु भएपछि विनियोजन विधेयकमाथिको छलफलमा भाग लिंदै नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले बजेट आर्थिक अनुशासन विपरित आएको भन्दै आपत्ति जनाईन् । उनले प्रदेश नीति तथा योजना आयोगको माग अनुसार उपव्ध गराएको योजना समेत समावेश नभएको बताईन् । उनले एउटै शिर्षकमा टुक्राएर बजेट विनियोजन गर्नु गलत भएको बताईन् । उनले प्रति महिना ३५ हजार तलव दिनेलाई कसरी स्वयंसेवक भन्ने भन्दै प्रश्न गरिन् । उनले बजेटमा आफ्नो सहमति नरहने बताईन् । बैठकमा सांसद न्हुच्छेनारायण श्रेष्ठले डिपिआर भएका योजनालाई उपेक्षा गरेको बताए । उनले अबण्डामा बजेट राखेको पाईएकाले यसले अपारदर्शितालाई प्रोत्साहन गर्ने भन्दै आपत्ति जनाए । उनले योजनाहरु परियोजना बैंक बाहिरबाट आएको र जनमुखी नभएको बताए । उनले समानुपातिक सांसदहरुलाई उपेक्षा गरेको बताए । स्वयंसेवकलाई तलब दिनु गलत भएको भन्दै यो कार्य वन्द गर्न समेत चेतावनी दिए ।
नेकपाका सांसद हिरानाथ खतिवडाले सन्तुलित भएर बजेट आएको गुनासो गर्दै अरुलाई सजिलै अर्ति दिएपनि सरकारले यसलाई अबलम्बन नगरेको देखिएको बताए । उनले बजेट मूख्यमन्त्री र मन्त्रीमुखी भएको उदाहरणसहित प्रस्तुत गरे । भौतिक मन्त्रालय अन्तरगत नुवाकोटमा ३६ योजना पर्दा मकवानपुरमा ११०, पर्यटनमा नुवाकोटमा ३ योजना पर्दा मकवानपुरमा २८ र पर्यटन मन्त्रीको जिल्लामा २५ वटा योजना परेको भन्दै आपत्ति व्यक्त गरे । उनले प्रशस्तै अबण्डा बजेट राखिएको भन्दै बजेट नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता बाहिर गएकोमा असन्तुष्टि व्यक्त गरे । बैठकमा नेकपाका सांसद नारायण सिल्वालले बजेटको प्रशंसा गरेका थिए ।
विबेकशिलका सांसद रमेश पौड्यालले बटेज विचौलिया, ठेकेदार र माफियामुखी भएको बताए । उनले बजेट पुस्तिका महाबतासे योजनाले भरिएको भन्दै जनताको आँखामा छारो हाल्ने काम नगर्न सुझाव दिए । परियोजना बैंकबाट बजेट नपर्ने भएकाले यसका लागि बजेट छुट्याउनु औचित्यहिन हुने बताए । सम्भावित प्रादेशिक सडकमा १ अर्ब छुट्याउनुले थाहा नभएको सडकमा कसरी बजेट विनियोजन गर्न खोजिएको भन्दै आपत्ति जनाए । फरक प्रसंगमा उनले भारतीय च्यानलमा क्लिन फिड लागु गरेकोमा स्वागत गर्दै च्यानल बन्द गर्नु उपभोक्ताहित विपरित हुने बताए । चितवनको भरतपुरमा निर्वाचनमा मतपत्र च्यात्ने दुईजनालाई जिल्ला सदस्य बनाएर पुरस्कृत गरेर गलत कामलाई प्रोत्साह गरेको बताए ।
नेकपाका प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले योजना नै अपहरणमा परेको गुनासो गरे । उनसले समावेशीताको भावना सम्बोधन गहुने भन्दै यसमा चलखेल भएको बताए । उनले आफुहरुलाई गुम्राहमा राख्ने काम गरिएको भन्दै आपत्ति जनाए । उनले ग्रामिण भेगको विकास विना समृद्धि नआउनेतर्फ हेक्का राख्न सरकारका मन्त्रीहरुलाई सुझाव दिए ।
कांग्रेसका सांसद प्रभात लामाले रसुवा र सिन्धुपाल्चोक पनि प्रदेश ३ मै द्ध भन्ने हेक्का मन्त्रीहरुलाई छ ? कृषिको बजेट यी दुई जिल्लामा किन शुन्य भन्दै उनले प्रश्न गरे । एउटै शिर्षकमा धेरै ठाउँमा बजेट राखिएको भन्दै योजना बाँडफाँडमा आर्थिक अपचलन भएको बताए । उनले बजेट बाँडफाँडलाई पुनः संशोधन गरी ५० लाख माथिका मात्रै योजना राख्न सुझाव दिए । नेपाली कांग्रेसका सांसद दिपेन्द्र श्रेष्ठले बजेटले नेकपाभित्रैकै विरोधी सांसदलाई वेवास्ता गरेको बताए । उनले बजेट मन्त्रीमुखी, नेतामुखी र पहुँचमुखी भएको बताउँदै सरकारले नालायकीपन प्रस्तुत गरेको बताए । उनले खल्तिमा ठेकेदार हिड्ने ढंगले बजेट विनियोजन गरिएको भन्दै बजेट प्रत्युत्पादक किसिमको रहेको बताए ।
छलफलमा भाग लिंदै नेकपाका सांसद आङ्देम्बे लामाले यस्तो बजेटले समाजवाद नआउने र टुक्रे कार्यक्रमले समृद्धि समेत नआउने बताए । उनले मन्त्रीको क्षेत्रमा मात्रै बजेट हालेर समृद्धि नआउनेतर्फ ध्यान दिन सुझाव दिए । बजेट विचौलियाको हतमा परेको भन्दै उनले आफुहरु जस्तो ‘निम्छरो’ लाई टुक्रे बजेटमात्रै दिएको गुनासो गरे । समानुपातिक सांसदलाई विभेद नगर्न उनको सुझाव थियो ।
मन्त्री ढुंगेलले भने–प्रतिपक्षको कुरालाई आत्मसात गर्छु
आधा घण्टा अवरुद्ध भएर बैठक शुरु भए लगतै बजेटबारे धारणा राख्न आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेललाई समय दिएका थिए । मंगलबारकै अघिल्लो बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले बजेट र राजधानीको बारेमा राख्नु भएको महत्वपूर्ण धारणाप्रति सरकारको ध्यानाकर्षण भएको मन्त्री ढुंगेलले बताए । उनले कार्यव्यवस्था परार्मश समितिमा महत्वपूर्ण छलफल भएको र यसको निस्कर्षलाई आत्मसात गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
अर्को बैठक असार ११ गते ११ बजे बस्ने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार