Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बुधबार  चितवन र गौडाकोटमा नेवि संघको चक्काजाम( विज्ञप्ती सहित)

65513881_2337752973151779-1561478352.jpg

१० असार, चितवन । सोमवार राति ९ बजेर ५० मिनेट जाँदा पूर्व पश्चिम राजमार्ग अन्तर्गत गैडाकोट २ मा मोटरसाइकललाई ठक्कर दिने नेपाल विद्यार्थी संघ चितवनका साविक क्षेत्र नम्वर ४ क्षेत्रीय सभापति तिलचन्द्र अधिकारी को निधनको विषयलाई लिएर बुधबार बिहान १०ः३० बजेबाट  चितवन र गौडाकोटमा नेवि संघले  चक्काजाम गर्ने बताएको छ । 

होङ्सी सिमेन्ट उद्योगबाट सामान लिएर हेटौडा जाँदै गरेको ना ७ ख ७७१ नम्बरको ट्रकले गैडाकोट २ का तिलचन्द्र अधिकारी सवार ना २४ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिएर चालक फरार रहेको थियो भने अधिकारीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा हिजो राति १० बजेर १५   मिनेटमा चिकित्सकहरुले मृत्यु भएको घोषणा गरेका थिए ।  मृतक अधिकारी नेपाल विद्यार्थी संघ चितवनका साविक क्षेत्र नम्वर ४ क्षेत्रीय सभापति समेत रहेका थिए । 
 शिक्षण पेशामा पनि काम गर्नुभएका अधिकारीलाई ट्रकले दायाँ (ट्रकको गलत) साइडबाट गएर ठक्कर दिएको आफन्तले बताएका छन् । मृतक अधिकारीको एक जना छोरी र श्रीमती छन् ।
मंगलबार  इलाका प्रहरी कार्यालय गौडाकोटमा भएको छलफलमा ट्रक धनीले नक्कली ड्राइभर पठाएपछि आफन्त थप आक्रोसित बनेको भन्दै नेपाल विद्यार्थी संघ चितवनले  भोलि विहान १० बजेभित्र ट्रकको मूल धनी नआए चितवन र नवलपुरमा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकालले बताए । 
ढकालले मुख्य धनी आएर छोरीलाई निशुल्क शिक्षा प्रदान गर्ने, श्रीमतीलाई रोजगार दिलाउने लगायतका मागमा सम्वोधन नभएसम्म शव नवुझ्ने बताए । यसै क्रममा नेविसंघ चितवनले विज्ञप्ती मार्फत जारी गरेको आन्दोलनको कार्यक्रमको नेविसंघ नवलपुरले पनि एैक्यवद्धता जनाएको छ । जिल्ला अध्यक्ष राजेश पौडेलले भोलि विहान १० बजेसम्म घटनाको सत्य तथ्य वाहिर ल्याउन अल्टिमेटम दिएको र त्यसो नभए आन्दोलन सुरु हुने बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार