Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बजेटमा असन्तुष्टी, मन्त्रालय खारेजसम्मको माग

Samsad-1561557159.jpg

११ असार, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले आर्थिक बर्ष ०७६/०७७ का लागि ल्याएको बजेटमाथि प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । असन्तुष्टि व्यक्त गर्नेमा सत्ता पक्ष र प्रतिपक्ष दुबैतर्फका सांसद रहेका छन् । बजेटमाथि छलफल गर्दा प्रदेशसभा सदस्यहरुले मन्त्रालय खारेजदेखि योजनाको पन्ना हराएको सम्मका विषय उठान गरेका थिए ।
विनियोजन विधेयकमाथिको धारणा राख्ने क्रममा कांग्रेस सांसद नरोत्तम बैद्यले बुधबार पटक पटक बैठक सारेर सभामुख सरकारको ‘लाचार छायाँ’ बनेको बताए । उनले कुनै पार्टीको आन्तरिक विवादमा फँसेर बैठक पटक पटक नसार्न उनले सभामुखलाई सुझाव दिए । उनले सांसदलाई दिने बजेटले भ्रष्टाचार बढाउने भएकाले यस्तो नगर्न सचेत गराए । उनले काठमाण्डौं सम्पदाहरुको शहर भएपनि सम्पदा संरक्षणमा बजेट विनियोजन नहुनु दुःखद भएको उनको भनाई थियो । 
नेकपाका सांसद चन्द्र लामाले आफ्नो क्षेत्रमा बजेट नपरेको प्रति गुनासो गर्दै अपुग भए आफ्नो क्षेत्रको योजना पनि लैजान मन्त्रीहरुलाई आग्रह गरे । उनले अझै पनि बजेटमा गाविसकै नाम तोकिएको भन्दै आपत्ति जनाए । 
नेमकिपाकी सांसद सिर्जना शैज्युले बजेटले बैचारिक दरिद्रता प्रस्तुत गरेको बताईन् । उनले यो बजेट समाजवादी खोल ओढेको पूँजिवादी बजेट भन्दै यसले बेरोजगारी नघटाउने दावि गरिन् । उनले प्रदेश सरकारले एक करोड रुपैँया भन्दामाथिका योजना मात्रै विनियोजन गर्नुपर्ने बताईन् । बजेटमा हुँदै नभएको दुई वडा जोड्ने पुलमा समेत बजेट विनियोजन भएको भन्दै आपत्ति जनाईन् ।
सांसद लक्ष्मण लम्सालले बजेट धेरै कुरा समेट्न खोजेको बताए । उनले बजेटमा रहेका कमजोरीलाई सच्याएर अघि बढ्न सकिने बताए । नेपाली कांग्रेसका सांसद निमा लामाले बजेट कितावको पन्ना नम्बर ३२ देखि ४३ सम्म रसुवा र सिन्धुपाल्चोकको योजना नै हराएको भन्दै आपत्ति जनाए । नेकपाका सांसद शान्ति थिङले पनि बजेटले रसुवालाई उपेक्षा गरेको गुनासो गरिन् । उनले रसुवागढी नाकाको व्यवस्थापनमा प्रदेशले वेवास्ता गरेको बताईन् ।
राप्रपा प्रजातान्त्रिककी सांसद रिना गुरुङले बजेट वितरणमुखी, पालनपोषणमुखी ढंगको आएको बताईन् । उनले एउटा प्राईभेट कम्पनीलाई डेढ करोड रकम विनियोजन गरेको भन्दै आपत्ति जनाईन् । उनले ५ कक्षा पढेको विद्यार्थी पनि यो भन्दा उत्कृष्ट बजेट बनाउने दावि गरिन् ।
स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश नीति तथा योजनाको औचित्य नरहेको भन्दै खारेजीको माग गरे । उनले सबैभन्दा विकट रसुवामा नुन किन्न समेत एक दिन हिड्नुपर्ने क्षेत्रहरु रहेको तर बजेटले सम्बोधन नै नगरेको भन्दै आपत्ति जनाए । उनले आफुसंग मार्सी भात र खशी खुवाउने पैसा नभएका कारण बजेट परेको भन्दै ‘अरिंगालहरु’ लाई आहारा दिने खालको बजेट आएको बताए । उनले दुई तिहाई समृद्धि र विकासका लागि नभई मनलाग्दी गर्नका लागि भएको भान भएको बताए ।
बजेट छलफलमा भाग लिंदै कांग्रेसका सांसद विजया श्रेष्ठ केसी, जीवन डंगोल, सन्तबहादुर चेपाङ, पुकार महर्जनले भ्रष्टाचार मौलाउने, असमानता बढाउने, सांसदहरुबीच विभेद गर्ने, मन्त्रीमुखी बनाएको टिप्पणी गरे । उनीहरुले अपारदर्शी बजेटको समर्थन गर्न नसक्ने बताए ।
बजेट छलफलमा नेकपाका सांसद रामेश्वर फुँयाल, दिपक निरौला, केशव पाण्डे लगायतले बजेट नीति तथा कार्यक्रम अनुसार नै आएको बताए । उनीहरुले बजेटले प्रदेश समृद्धिको खाका कोरेको समेत दावि गरे ।
प्रदेशसभाको अर्को बैठक असार १२ गते ११ बजे बस्ने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार