Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रदेशसभामा फेरि उठ्यो स्थायी राजधानीको विषय

CM1-1561558091.jpg

११ असार, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानीको विषय चर्किएको छ । प्रदेशसभा भवन हेटौँडामा बुधबार बसेको बैठकमा ५ जना सांसदहरुले यसबारे विषय उठान गरेका थिए ।
नेपाली कांग्रेसका सांसद निमा लामाले स्थायी राजधानी र नामाकरणको विषय टुंगो लगाउन आग्रह गरे । नेकपाका सांसद चन्द्र लामाले राजधानीको विषय टुंग्याउन सभामुखलाई के कुराले अप्ठ्यारो पर्यो जवाफ दिन आग्रह गर्दै स्थायी राजधानीको विषय टुंगोमा नपुग्ने अवस्थाको अन्त्य हुनपर्ने बताए ।
त्यस्तै नेकपाकै सांसद लक्ष्मण लम्सालले राजधानीको विषयमा छलफल गर्नुपर्ने बताए । उनले प्रतिपक्षले पठक पटक आवाज उठाईसकेको बताउँदै यसतर्फ चासो दिन ध्यानाकर्षण गराए । नेकपाका सांसद रत्न ढकालले पनि राजधानी विषय यथाशिघ्र टुंगिनुपर्नेमा जोड दिए । उनले राजधानीको विषय सम्बोधन नभई अरु विषयमा अघि बढ्न नहुने समेत धारणा राखेका थिए ।
नेकपाकै सांसद राजकाजी महर्जनले राजधानीको विषय टुंगोमा पुर्याउनुपर्ने बताउँदै अर्काको काँधमा बन्धुक राखेर पड्काउने काम भईरहेको बताए ।
यसअघि मंगलबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँलाई अकंगणितीय हिसावमा नेकपाको दुई तिहाई रहेको अवस्थामा राजधानीको टुंगो लगाउन नसक्नु दुर्भाग्य भएको बताए । राजधानीबारे मूख्यमन्त्री र आफ्नो मिलेमतो रहेको भन्दै आरोपको खण्डन गर्दै उनले आफुहरुले पटक पटक यसबारे आवाज उठान समेत वेवास्ता भएको बताए । उनले सभामुख र सम्पूर्ण सांसदको प्रतिष्ठासंग जोडिएको विषयलाई प्रक्रियामा लैजान सभामुखलाई समेत सुझाव दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार