Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुरमा माछामासु विक्रि सुचारु गर्न आग्रह

HNP-1562679109.jpg

२४ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले माछामासु विक्रि सुचारु गर्न माछामासु व्यवसायी संघलाई आग्रह गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको अध्यक्षतामा बसेको उपभोक्तावादी संस्था र मकवानपुर उद्योग बाणिज्य संघसहितको बैठकले संघलाई यस्तो आग्रह गरेको हो । बैठकमा हेटौँडा बजार क्षेत्रमा मूल्यलाई विषयलाई लिएर व्यवसायीले बेचबिखन बन्द गर्दा उपभोक्ताले प्रयोग गर्ने उपभोग्य बस्तुको सहज आपूर्तिमा असर पुगेकोमा छलफल भएको थियो । 
बैठकले मूल्य निर्धारणको विषय सरोकारवालाहरुको छलफल र गहन अध्ययनबाट टुंगिने विषय हुँदाहुँदै व्यवसाय बन्द गरी माग प्रस्तुत गर्नु गलत भएको निष्कर्ष निकालेको छ । बैठकले यथावत मूल्य र अवस्थामा तत्काल व्यवसाय सुचारु गरी व्यवसायीका आफ्ना केही विषय भए छलफल गर्न सकिने व्यवहोरा सम्बन्धितलाई जानकारी गराउने निर्णय गरेको छ ।
बैठकमा जनप्रतिनिधि, उपमहानगरपालिकाका कर्मचारी, सुरक्षा निकाय, मकवानपुर उद्योग बाणिज्य संघ, उपभोक्तावादी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मकवानपुर माछा मासु ब्यवसायीले हेटौँडासहित मकवानपुरमा सोमबारबाट माछामासु बिक्री ठप्प पारेकोछ । मकवानपुर माछामासु ब्यवसायी संघका अध्यक्ष शान्तकी खड्गीले जेठ ३० गते हेटौँडामा बसेको व्यवसायीहरुको संयुक्त बैठकले असार १ गतेबाट मासुमा प्रति किलो १०० रुपैया बृद्धी गरेकोमा १७ दिन पछि जिल्ला प्रशासन कार्यालय र उपभोक्ता मञ्चले मुल्यबृद्धि प्रति आक्षेप लगाएकोले बाध्य भएर अश्चितकालीन माछामासु बिक्री वितरण ठप्प गर्ने निर्णय गरेको बताएका छन् ।

यो पनि पढ्नुस्
मकवानपुरमा माछामासु बिक्री ठप्प हुने


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार