Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा माछामासु विक्रि सुचारु गर्न आग्रह

HNP-1562679109.jpg

२४ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले माछामासु विक्रि सुचारु गर्न माछामासु व्यवसायी संघलाई आग्रह गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको अध्यक्षतामा बसेको उपभोक्तावादी संस्था र मकवानपुर उद्योग बाणिज्य संघसहितको बैठकले संघलाई यस्तो आग्रह गरेको हो । बैठकमा हेटौँडा बजार क्षेत्रमा मूल्यलाई विषयलाई लिएर व्यवसायीले बेचबिखन बन्द गर्दा उपभोक्ताले प्रयोग गर्ने उपभोग्य बस्तुको सहज आपूर्तिमा असर पुगेकोमा छलफल भएको थियो । 
बैठकले मूल्य निर्धारणको विषय सरोकारवालाहरुको छलफल र गहन अध्ययनबाट टुंगिने विषय हुँदाहुँदै व्यवसाय बन्द गरी माग प्रस्तुत गर्नु गलत भएको निष्कर्ष निकालेको छ । बैठकले यथावत मूल्य र अवस्थामा तत्काल व्यवसाय सुचारु गरी व्यवसायीका आफ्ना केही विषय भए छलफल गर्न सकिने व्यवहोरा सम्बन्धितलाई जानकारी गराउने निर्णय गरेको छ ।
बैठकमा जनप्रतिनिधि, उपमहानगरपालिकाका कर्मचारी, सुरक्षा निकाय, मकवानपुर उद्योग बाणिज्य संघ, उपभोक्तावादी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मकवानपुर माछा मासु ब्यवसायीले हेटौँडासहित मकवानपुरमा सोमबारबाट माछामासु बिक्री ठप्प पारेकोछ । मकवानपुर माछामासु ब्यवसायी संघका अध्यक्ष शान्तकी खड्गीले जेठ ३० गते हेटौँडामा बसेको व्यवसायीहरुको संयुक्त बैठकले असार १ गतेबाट मासुमा प्रति किलो १०० रुपैया बृद्धी गरेकोमा १७ दिन पछि जिल्ला प्रशासन कार्यालय र उपभोक्ता मञ्चले मुल्यबृद्धि प्रति आक्षेप लगाएकोले बाध्य भएर अश्चितकालीन माछामासु बिक्री वितरण ठप्प गर्ने निर्णय गरेको बताएका छन् ।

यो पनि पढ्नुस्
मकवानपुरमा माछामासु बिक्री ठप्प हुने


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार