Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी सामुदायिक वनलाई वन्यजन्तु संरक्षण पुरस्कार

Rani-Ban-1563544782.jpg

३ साउन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहलाई वन तथा वन्यजन्तु संरक्षण तथा व्यवस्थापन पुरस्कार प्रदान गरिने भएको छ । 
जिल्ला समन्वय समिति,मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले सो पुरस्कार दिने निर्णय गरेको हो । विश्वमा नै लोपोन्मुख एवम संरक्षणको सूचीमा रहेको सालक संरक्षणमा उल्लेख्य काम गर्दै आएकोले रानीलाई यो पुरस्कार दिन लागिएको जनाईएको छ ।
यसैगरी अशोक सामुदायिक वनको संस्थापक अध्यक्ष हेटौडा–१७ का कृष्णप्रसाद नेपाल र चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव हेटौडा–६ का केदारप्रसाद गौतमलाई पनि यो पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी समूहलाई १० हजार र व्यक्तिलाई जनही ६/६ हजार रहेको छ । यो पुरस्कार प्रदेश सरकारले प्रदान गर्नेछ ।
कबुलियती वन तर्फ देउराली कबुलियती वन बाग्मती–७ प्रथम, रामधुनी कबुलियती वन हेटौडा–१८ द्वितिय र ढदाधारी कबुलियती वन मकवानपुरगढी–७ तृतिय भएका छन् । पुरस्कारको राशी प्रथमलाई ८ हजार द्धितीयलाई ६ हजार र तृतिय ४ हजार ५  रहेको छ । 
यसैगरी संघिय सरकार अन्तरगत सामुदायिक वनतर्फ सुन्दर सामुदायिक वन हेटौडा–१ प्रथम, काली बेदघारी सामुदायिक वन बाग्मती–८ द्धितिय र त्रिवेणी सामुदायिक वन बाग्मती –१ तृतिय भएका छन । पुरस्कारको राशी पहिलोलाई ७ हजार ५ सय दोश्रोलाई ६ हजार र तेश्रोलाई ४ हजार रहेको सहायक वन अधिकृत बसन्तराज गौतमले जानकारी दिए ।
विजयी सामुदायिक वन, कबुलियती वन र व्यक्तिहरुलाई कार्यक्रमको आयोजना गरी पुरस्कार र प्रमाणपत्र वितरण गरिने कार्यालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार