१३ साउन, हेटौँडा । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्लाहरुको सरुवा गरेको छ ।
आइतबारको मन्त्री निर्णयबाट २५ जनाको सरुवा भएको हो । तर मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको भने यथावत रहेको छ । यसअघि मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारी रही कालिकोटमा सरुवा भएका चन्द्रबहादुर कार्कीको कालिकोटबाट धरानस्थित इलाका प्रशासन कार्यालय सरुवा भएको छ । सर्लाही प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको सुनसरी सरुवा भएको छ भने सर्लाहीमा इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसी जाने भएका छन् ।
कपिलवस्तुका रामेश्वर अर्यालको तनहुँ, मोरङमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीको तेह्रथुम, तेह्रथुमकी लक्ष्मीदेवी होमागाईंको काभ्रे सरुवा भएको छ । ताप्लेजुङका अर्जुन भण्डारीको मोरङ र डोरेन्द्र निरौलाको ताप्लेजुङ सरुवा भएको छ । कृष्णप्रसाद पन्त पाल्पाबाट प्युठान, प्युठानका बद्रीनाथ गैरेको नुवाकोट सरुवा भएको छ भने कृष्णचन्द्र पौडेलको कालिकोट सरुवा भएको छ ।
वसन्त पुरीको काभ्रेबाट गृह मन्त्रालय, तुलसीराम पौडेलको गोरखा, लक्ष्मी बाँस्कोटाको कारागार सुन्धारा र रुद्रनाथ देवकोटाको अध्यागमन विभागमा सरुवा भएको छ । शम्भु ऐरीको रुपन्देहीबाट रापप विभाग, गृहका ज्ञाननाथ ढकाल म्याग्दी, युवराज कँडेलको दैलेख, बेदनिधि खनालको सोलुखुम्बु, बेदनिधि अधिकारीको रुकुमपूर्व, पुष्पराज पौडेलको रुकुम पश्चिम, मित्रलाल शर्माको गृह मन्त्रालय, नरेन्द्र रानाको गृह मन्त्रालय, लीलाधर अधिकारीको अध्यागमन र खुमकान्त अर्यालको साँखु सरुवा भएको जनाईएको छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















