२८ साउन, हेटौँडा । हेटौँडा उपमहानगर क्षेत्रमा देखिएको डेंगुको प्रकोप नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबार बैठक बसेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा डेंगु नियन्त्रणका लागि सुरक्षा निकाय र सरोकारवाला निकायसहितको बैठक बसेको हो ।
बैठकमा डेंगु नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम संचालन गर्ने, डेंगुका लार्भा र प्युपको बासस्थान पहिचान गरी नष्ट गर्ने, प्रभावित क्षेत्रमा सामाजिक संस्था र क्लवसंगको सहकार्यमा स्वास्थ्य शिविर गर्ने, आवश्यक परे सुरक्षा निकायलाई परिचालन गर्ने, डेंगु परिक्षण गर्ने किटको पर्याप्त उपलव्धताका लागि उपमहानगरपालिकाले व्यवस्था मिलाउने, पत्रकार र विद्यालयका शिक्षकहरुसंग डेंगु नियन्त्रणका लागि अन्तरक्रिया गर्ने लगायतका निर्णय भएको छ ।
बैठकमा प्रदेश सामाजिक विकास मन्त्रालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधि र ४ नम्बर वडाका अध्यक्षको सहभागिता रहेको थियो ।
हेटौँडामा हालसम्म १ सय २४ जना डेंगुका विरामी पहिचान भएका छन् । डेंगु परिक्षण किटको अभावमा काम गर्न समस्या भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शशीकान्त सिंहले जानकारी दिए ।
२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...
२९ बैशाख, झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छिन्...
२९ बैशाख, बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राईले जनता समाजवादी पार्टी नेपालमै रहने...
२९ बैशाख, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका...
२९ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन...
२९ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।...
२९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
२८ बैशाख, हेटौंडा। प्रतिनिधिसभाको शुक्रबारबाट सुरु भएको बैठक जेठ १ गतेसम्मका लागि स्थगन भएको छ। गृहमन्त्री...
२८ बैशाख, हेटौंडा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बर्ड फ्लु सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने कुनै...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...
१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...