Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

१९ बर्षमुनिको एसीसी खेल्ने नेपाली टोलीको घोषणा

u-19-1566453151.jpg

५ भदौ, हेटौँडा । श्रीलंकामा आयोजना हुने एसीसी १९ बर्षमुनिको एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
रोहित पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो । घोषणा गरेको टोलीमा सिनियर खेलाडीद्वय मोहमद आसिफ शेख र सन्दीप जोरासँगै सूर्य तामाङ टोलीमा समेटिएका छन् ।
यसअघि भएको इस्टर्न रिजन प्रतियोगितामा तीनै खेलाडीलाई विश्राम दिइएको थियो । इस्टर्न रिजनको टोलीबाट १६ बर्षमुनिका कप्तान विशालविक्रम केसी र तिलक भण्डारी भने टोलीमा परेका छैनन् ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालसँगै आयोजक श्रीलंका, युएई र बंगलादेश रहेका छन् । त्यस्तै समूह ‘ए’ मा पाकिस्तान, भारत, कुवेत र अफगानिस्तान रहेका छन् ।
यही भदौ १९ देखि २८ गतेसम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल श्रीलंकासँग भदौ २० गते खेल्नेछ । दोस्रो खेल भदौ २२ गते बंगलादेशसँग र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्ने तालिका छ ।
नेपाली टोलीको प्रशिक्षकमा विनोद दास रहेका छन् भने टिम म्यानेजरमा राजु खड्का रहेका छन् ।
रोहितकुमार पौडेल कप्तान रहेको टोलीमा रित गौतम, पवन शर्राफ, मोहम्मद आसिफ शेख, सन्दीप जोरा, भिम सार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खड्क बहादुर बोहोरा, सूर्य तामाङ, लोकेस बहादुर बम र प्रतिस जिसी रहेका छन । फोटोः गुगल

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार