२४ भदौ, हेटौडा । हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले सहकारी संस्थाले आर्थिक उपार्जन र उत्पादनको क्षेत्रमा काम गर्नु पर्ने आवश्यकता औल्याएका छन् ।
हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष चौलागाईले सहकारी एकिकरण सबैको सहमती र आवश्यकताको आधारमा गर्नु पर्नेमा जोड दिए । नयाँ सहकारी ऐन र नियम सहकारीमा आवद्ध सदस्यहरुको हितमा रहेकोले सबै सहकारी संस्थाहरुले वुद्धिमतापूर्वक एकिकरणमा जानुको विकल्प नरहेको चौलागाईको भनाई थियो ।
कार्यक्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी सहसचिव मीना चौरेल, संजीवनी बचत तथा ऋण सहकारीका अध्यक्ष रणबहादुर कार्की, संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, सल्लाहकार बद्रीबहादुर पाठक, संचारकर्मी भीमसेन पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष केशव धिताल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञान बहादुर क्षेत्री, सिर्जना टोल विकास संस्थाकी अध्यक्ष जीवकुमारी पौडेल, संस्थाका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, सचिव मीना अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष चेतनाथ खतिवडाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा हाल २ हजार ४ सय शेयर सदस्य, २ करोड ६ लाख ६६ हजारको शेयर पूँजी, १२ करोड २० लाख निक्षेप, १३ करोड १७ लाख ऋण लगानी र १५ करोड ७४ लाख कुल सम्पति रहेको कोषाध्यक्ष खतिवडाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले वार्षिकोत्सवको अवसरमा विशेष छुट दिई करीव २ सय भन्दा बढी शेयर सदस्य बनाएको छ भने हेटौडा हेल्थपोष्ट, चौघडालाई एक थान सर्जिकल बेड हस्तान्तरण गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको थियो ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...










-1788140988.jpg)







