२४ भदौ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले जननेता वी.पी. कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर मंगलबारबाट मकवानपुरको चारै प्रदेश क्षेत्रबाट दोश्रो चरणको जागरण अभियानको शुभारम्भ गरेको छ ।
कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधिसभा १ को क र ख तथा प्रतिनिधिसभा २ को क र ख क्षेत्रमा १०६ वटाका दरले ४ साय २३ वटा विभिन्न जातका विरुवा रोपेर दोश्रो चरणको जागरण अभियानको शुरुवात गरेको हो ।
प्रतिनिधिसभा १ र २ को ख मा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री डा. सशांक कोइरालाको प्रमूख आतिथ्यतामा १०६ वटाका दरले २१२ वटा विभिन्न जातका विरुवा रोपिएको छ ।
जागरण अभियानको उद्घटन कार्यक्रममा बोल्दै प्रमूख अतिथि कोइरालाले पाटीभित्रको आन्तरिक तिक्ततालाई मेटाउँदै कम्युनिष्टको गलत क्रियाकलापको भण्डाफोर गर्दै आमजनतामा जान दोश्रो चरणको जागरण अभियान सुरु गरेको बताए ।
नेता कोइरालाले कांग्रेस आफ्नै आन्तरिक कलहले मात्रै हारेको बताउँदै कांग्रेसजन एकजुट भए कसैले पनि हराउन नसक्ने भन्दै वीपीको सिद्धान्त ठूलो मान्छे हैन, असल मान्छे बन भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै सबैलाई एकजुट भई पार्टीलाई एकढिक्का बनाएर अगाडी बढन आग्रह गरे ।
यस्तै जागरण अभियान अन्तर्गत कांग्रेसको प्रतिनिधिसभा १ को क मा क्षेत्रीय सभापति डिल्लीप्रसाद घोरासैनीको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि प्रेमचन्द्र दाहालको प्रमूख आतिथ्यता बृक्षारोपण कार्यक्रम भएको थियो ।
यसैगरी प्रतिनिधिसभा १ को ख मा क्षेत्रीय उपसभापति गणेशहरी उप्रेतीको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि ऋषिराम घिमिरेको आतिथ्यतामा कार्यक्रम भएको थियो ।
यसैगरी प्रतिनिधिसभा २ क ईन्द्रशरोबर गाउँपालिकाको शेरामा प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि प्रतिमा गौतमको प्रमूख आतिथ्यतामा १०६ थान विरुवा रोपी जागरण अभियानको शुभारम्भ गरिएको छ ।
यस्तै प्रतिनिधिसभा २ को ख मा क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षतामा जागरण अभियान शुभारम्भ गरिएको थियो । मकवानपुरको चारैक्षेत्रमा छुट्टाछुट्टै गरिएको कार्यक्रमहरुमा कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, पार्टीका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, राजिव सुवेदी, कृष्णभक्त श्रेष्ठ, खड्ग गोपाली, प्रमोद जोशी, प्रतिनिधिसभा १ का सभापति दामोदर खनाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, महासमिति सदस्य दीनेश उपाध्याय, प्रतिनिधिसभा २ को ख का क्षेत्रीय उपसभापति नुरोज पौडेललगायतकाले मन्तव्य राख्नुभएको थियो ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

