२५ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकबाट २ वटा विधेयक पारित भएको छ । बुधबार बसेको बैठकबाट २ वटा विधेयक सर्वसम्मत पारित भएको हो ।
बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पेश गरेको उद्योग, पर्यटन तथा वातावरण समितिको प्रतिवेशनसहितको प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ ।
त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पेश गरेको अर्थ तथा विकास समितिको प्रतिवेदनसहितको सार्वजनिक नीजि सहकारी साझेदारी सम्बन्धी विधेयक सर्वसम्मत पारित भएको छ । विधेयकमाथि छलफल गर्दै सांसद रिना गुरुङले विधेयक पास गर्ने क्रम छिटो भएको र पर्याप्त छलफल हुन नसकेको बताईन् । उनले नीजि क्षेत्रलाई पनि यसविषयमा समावेश गरिनुपर्नेमा उनको जोड थियो ।
त्यसैगरी, सांसद विजया श्रेष्ठ केसीले नीजि र सहकारीसंगको साझेदारीका लागि छुट्टाछुट्टै नियमावली निर्माण हुनुपर्ने बताईन् । उनले सूचना र प्रविधिको क्षेत्रमा साझेदारीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुपर्ने धारणा राखिन् ।
सांसद नारायणबहादुर सिल्वालले विधेयक व्यापक छलफल गरेर आएको र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि तत्पर हुनुपर्ने बताए । जवाफ दिंदै मन्त्री ढुंगेलले उद्योग बाणिज्य क्षेत्रका संस्थाहरुलाई समेट्ने प्रतिवद्धता व्यक्त गरे । उनले काम गर्दै जाँदा देखिने कमजोरीलाई संशोधन गर्दै जाने बताए ।
यससंगै बर्षे अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयको सूचना पढेर सभामुख सानुकुमार श्रेष्ठले सुनाएका थिए ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

