२७ भदौ, हेटौँडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।
भेलामा संस्थाकी अध्यक्ष तेजकुमारी अस्थानीले संस्थागत प्रतिवेदन, सचिव रविना गोलेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष निराकुमारी रुम्बाले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिकी संयोजक उर्मिला कार्कीले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिकी संयोजक निर्मला थिङले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा ज्येष्ठ शेयर सदस्य विष्णुमाया तितुङ, कान्छीमाया घिसिङ, ज्ञानीमाया स्याङतान, साईलीमाया तितुङ, मिनकुमारी विक, नियमित बचतमा सोमी महिला समूह, ज्योति महिला समूह, आरुबारी महिला समूह र बंशगोपाल महिला समूहलाई पुरस्कृत गरिएको थियो । यसैगरी उज्ज्वल बाल समूह, प्रिति बाल समूह, असली कारोवारी तर्फ निउरीमाया लो, काइलीमाया घलान, सुनमाया डिमडुङ र शान्तिमाया हेम्जनलाई समेत पुरस्कृत गरिएको थियो ।
भेलामा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, मकवानपुरगढी–२ का वडा अध्यक्ष बखान सिह पाख्रिन, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव कल्पना श्रेष्ठ, ग्रामीण महिला सेवा केन्द्रकी सचिव अचला शर्मा, चन्द्र सूर्य बचत तथा ऋण सहकारीका अध्यक्ष गोपालप्रसाद गौतम, शेयर सदस्य पविमाया खडकाले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष तेजकुमारी अस्थानीको अध्यक्षतामा भएको थियो । २०५५ सालमा स्थापना भएको सहकारीमा हाल १ हजार २ सय ६ जना शेयर सदस्यहरु आवद्ध रहेका छन ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







