Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

अशोक बाटिकाको कारोबार ४ करोड

R2-1568458936.jpg

२८ भदौ, हेटौँडा । हेटौँडा–१७ मा रहेको अशोक बाटिका बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा ४ करोड रुपैँया कारोबार गरेको छ ।
संस्थाको शनिबार सम्पन्न भएको १४ औं बार्षिक साधारणसभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक पार्वति ढकालले संस्थाले शेयर पूँजी ५८ लाख ५० हजार, निक्षेप ३ करोड ७ लाख, जगेडा कोष ८ लाख, अन्य कोष ९ लाख रहेको जानकारी गराएकी थिईन् ।
भेलामा संस्थाका अध्यक्ष योगनाथ दंगालले संस्थागत प्रतिवेदन, सचिव सागरनाथ बास्तोलाले प्रगति प्रतिवेदन, व्यवस्थापक खिलप्रसाद पौडेलले आर्थिक प्रतिवेदन, ऋण उपसमितिका संयोजक भरतप्रसाद गौतमले ऋण उपसमितिको प्रतिवेदन, शिक्षा उपसमितिका संयोजक लेखनाथ ढकालले शिक्षा उपसमितिको प्रतिवेदन र महिला सशक्तिकरण उपसमितिकी संयोजक मिना घिमिरेले महिला उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा असल बचतकर्तातर्फ घमनाथ तिमल्सिना र सरस्वति कार्की, असली कारोबारीतर्फ निर्मला महत र मिना चौलागाई, ज्येष्ठ शेयर सदस्यतर्फ कृष्णप्रसाद खतिवडा र रुद्रकुमारी गौतमलाई सम्मान गरिएको थियो । यसैगरी, लघुवित्त समूहतर्फ गैरीगाउँ लघुवित्त समूह र कलश लघुवित्त समूह, संचारकर्मी विजय पौडेल, उत्कृष्ट विद्यार्थीमा आरती राई, अनिषा सापकोटा, पूर्णिमा बजगाई, रञ्जन घोरासैनी र बाल बचततर्फ आकृति चौलागाईलाई समेत सम्मान गरिएको थियो ।
मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विजयबहादुर बस्नेतको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष योगनाथ दंगालको सभाध्यक्षतामा भएको साधारणसभामा हेटौँडा–१७ का वडाअध्यक्ष भैरवबहादुर राई, नेफ्स्कुन मकवानपुर फिल्ड इन्चार्ज ज्योति महत, चिसापानी सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा, चेतनशिल दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष महेश बजगाई, संस्थाका सल्लाहकार जयप्रकाश घिमिरे, शेयर सदस्य जुना बजगाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

R1-1568459057.jpg

सम्मान ग्रहण गर्दै संचारकर्मी विजय पौडेल ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

थप समाचार