३१ भदौ, हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँले अब पनि कांग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ख को आयोजनामा दोश्रो जनजागरण अभियानअन्तर्गत मंगलबार हेटौंडामा सम्पनन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता बानियाँले बर्तमान दुईतिहाईको कम्युनिष्ट सरकारको दम्भ र यसका आसेपासे तथा केही उद्दण्ड समूहका कारण लोकतन्त्रनै धरापमा पर्न लागेको दावी गरे ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता बानियाँले कम्युनिष्ट शासनलाई दुईवर्षसम्म पर्ख र हेरको सिद्धान्त अबलम्बन गर्दै बसेको तर अब पनि सरकारको रवैयामा परिवर्तन नआए सशक्त प्रतिकार र खबरदारी गर्न कांग्रेस तत्पर रहनुपर्ने बताए ।
नेता बानियाँले दोश्रो चरणको जागरण अभियानमार्फत बर्तमान सरकारले निर्वाचनका बेला गरेका प्रतिबद्धता र हाल गरिरहेको कामको बास्तविकताका बारेमा जानकारी गराउँन अगुवा नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले जनतालाई कांग्रेसले विगतमा गरेको महत्वपूर्ण काम र इतिहासका बारेमा पनि जानकारी गराउँन आग्रह गरे ।
अन्र्तक्रिया कार्यक्रममा क्षेत्र नम्बर १ को ख अन्तर्गतका हेटौंडा उपमहानगरपालिकाका १२ वटा वडाका वडा सभापति एवम् प्रतिनिधिहरुले कांग्रेसका नेताहरुले गुटउपगुट, झुण्ड र नाताबाद त्यागेँ कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका थिए ।
कांग्रेस मकवानपुर क्षेत्र १ को ख का क्षेत्रीय उपसभापति गणेशहरि उप्रेतीको सभाध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा हेटौंडाका २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ का गरी १२ वडाका सभापति तथा प्रतिनिधिहरुले कम्युनिष्टको अन्याय अत्याचार र खोक्रो आश्वासनको भण्डाफोर तथा कांग्रेसले गरेका महत्वपूर्ण कामको जानकारी आम जनतामा पु¥याउन नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझावसहितको प्रतिवेदनसमेत बुझाएका थिए ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि ऋषिराम घिमिरे, पार्टीका प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजन खरेल, क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र १ ख का क्षेत्रीय कोषाध्यक्ष रामहरि खरेल, नेपाल दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, ६ नम्बर वडाअध्यक्ष अर्जुन चौलागाईं, नेपाल महिला संघकी सचिव निलम देवकोटा, जिल्ला सदस्य गीताकुमारी न्यौपाने, महिला नेतृ लक्ष्मी थिङ्गले बोलेका थिए ।
कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरि ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

