Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सस्तो बजार नगरौं, बरु छुट दिन्छौं : व्यवसायी

IMG_9288-1568729529.JPG

३१ भदौं, हेटौँडा । हेटौँडाका व्यवसायीहरुले सस्तो बजार संचालन नगर्न मकवानपुर उद्योग बाणिज्य संघलाई सुझाव दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको सस्तो दशैं बजारबारेको छलफल कार्यक्रममा सहभागीले सस्तो दशैं बजार संचालन नगर्न सुझाव दिएका हुन् । 
उनीहरुले बिल जारी गर्न, जनशक्ति व्यवस्थापन, ढुवानी लगायतका दृष्टिकोणले व्यवसायीहरुलाई सस्तो बजार संचालन गर्न सहज नहुने भन्दै बजार संचालन नगर्न आग्रह गरेका थिए । छलफलमा भाग लिएका व्यवसायीहरुले आफुहरुले आफ्नै पसलबाट दशैंलाई लक्षित गरेर उपभोक्तालाई केही प्रतिशत छुट उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले प्रशासनसंग समन्वय गरी यसबारे आफुहरुले सहयोग गर्न तयार रहेको समेत संघलाई सुझाव दिएका थिए । 
छलफलमा कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष समिरलाल डंगोल, खाद्यान्न व्यवसायी संघका अध्यक्ष विजयसागर श्रेष्ठ, डिलर एशोसिएसनका अध्यक्ष चक्रधर विडारी, पूर्व अध्यक्ष डिलाराम तिवारी, संघका कोषाध्यक्ष अनिल अग्रवाल, सचिव काव्यमणि अधिकारी, कार्यसमिति सदस्य माधव ज्ञवालीलगायतले मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि, कपडा, खाद्यान्न र डिलर एशोसिएसनका अध्यक्ष तथा अन्य सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार