१ असोज, काठमाडौं । आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १९ राजनीतिक दल दर्ता भएका छन् ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकिकरण भएका, नाम परिवर्तन भएका दललाई उपनिर्वाचनका लागि आयोगले आह्वान गरेबमोजिम सोमबार १४ दल दर्ता भएकामा मंगलबार ५ दल थपिएसँगै दर्ता दलको संख्या १९ पुगेको समाचार नागरिकमा छ । आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकिकरण भएका, नाम परिवर्तन भएका दललाई उपनिर्वाचनका दर्ताका लागि मंगलबारसम्मको समय तोकेको थियो।
आयोगका अनुसार मंगलबार दर्ता भएका दलमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली कांग्रेस बिपी, ग्रिन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल छन् । यसअघि सोमबारसम्म सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), समाजवादी पार्टी, मंगल नेसनल अर्गनाइजेसन, मुस्कार सेना नेपाल पार्टी, साझा पार्टी, परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक, नेपालवाद पार्टी, नेकपा पुष्पलाल पार्टी, राष्ट्रिय नागरिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, जनमत पार्टी र नेपाल लोकतान्त्रिक पार्टी दर्ता भएका थिए।
आयोगले २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य वा स्थानीय तह सदस्यको निर्वाचन प्रयोजनका लागि दर्ता नभएका राजनीतिक दल, एकिकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दल र निर्वाचनपछि आयोगमा दर्ता हुन आएका दललाई भदौ मंगलबारसम्म दर्ताका लागि आह्वान गरेको थियो। जसअनुसार उपनिर्वाचनमा भाग लिनका लागि आयोगले भदौ ३१ गतेसम्मको समयसीमा तोकेको थियो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिन ९२ दल आयोगमा दर्ता भएका थिए भने स्थानीय तहको निर्वाचनमा भाग लिन ८० दल आयोगमा दर्ता भएका थिए।
आगामी मंसिर १४ गते विभिन्न कारणले पद रिक्त भएका प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, र वडाध्यक्ष ४२ गरी ५१ पदको उपनिर्वाचन हुदैछ। आयोगले उपनिर्वाचनमा भाग लिन पाउने ३७ जिल्लाका १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको जनाएको छ ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

