Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

को हुन्छ त हेटौँडा अस्पतालको अध्यक्ष ?

Hetauda-Aspatal1-1484648686.jpg

४ माघ, हेटौँडा । आफ्नो समय सकिनु २ दिन अघि हेटौँडा अस्पतालका अध्यक्ष सुनिल मोक्तानले राजिनामा दिएपछि नयाँ अध्यक्ष नियुक्तिका लागि कसरत तिब्र बनेको छ । नेपाली काँग्रेसको कोटामा स्वास्थ्य मन्त्रालय रहेकाले नेपाली काँग्रेसमा अध्यक्ष बन्ने होड शुरु भएको हो ।

मकवानपुरबाट काँग्रेसका केही नेताहरु अध्यक्ष नियुक्तिका लागि केन्द्रमा दौडधुपमा जुटेको स्रोतको दावि छ । केही समय अघि आधा दर्जन नेताहरुले इच्छा राखेपनि योग्यताको विषय उठेपछि पछिल्लो समय तीन जनाको नाम चर्चा रहेको छ ।

स्रोतका अनुसार नेपाली काँग्रेसका नेता रमेश गिरी, विद्यार्थी नेता एवं उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउत र नेपाल सरकारका पूर्व उपसचिव तिर्थराज पराजुलीको नाम चर्चामा छ । पराजुली हाँडिखोलाका बासिन्दा हुन् । उनले करिव २ बर्ष अघि सरकारी सेवाबाट अवकाश प्राप्त गरेका थिए । प्रमुख जिल्ला अधिकारीको अनुभव समेत हासिल गरेका उनलाई अध्यक्ष बनाउन एक समूह लागि परेको छ । एक महिना अघिदेखि उनको नाम काँग्रेसीजनमा चर्चामा रहेको छ । उनी नेपाली काँग्रेसका महाधिवेशन एवं महासमिति सदस्य भरत पराजुलीका दाजु हुन् । अन्य राजनैतिक दलले समेत उनको नाममा सकारात्मक प्रतिक्रिया दिएको जनाईन्छ ।

तर काँग्रेस जिल्ला बृत्तमा भने जिल्लामा सक्रिय नेता कार्यकर्तालाई नै अवसर दिनुपर्ने आवाज उठिरहेको छ । पार्टीमा उपसभापति भईसकेका र डिएलएमा सक्रिय गिरीलाई अध्यक्ष बनाउनुपर्ने भन्दै एक टोली राजधानी पुगेको जनाईन्छ ।

विद्यार्थी राजनीति र व्यवसायिक बृतमा सक्रिय राउतलाई अध्यक्ष बनाउन केन्द्रमा समेत सकारात्मक पहल भईरहेको उनी निकट स्रोतको दावि छ । आफुलाई पनि योग्य उम्मेदवारको रुपमा स्वास्थ्यमन्त्री गगन थापा समक्ष राउतले दावि प्रस्तुत गरेका छन् । उनीहरुमध्ये कसैलाई पनि पार्टी जिल्लाबाट सिफारिस भई नसकेको एक जिल्ला सदस्यले दावि गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

थप समाचार