४ असोज, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान सरकार गरिवको नभई आफ्ना नेताहरुको समृद्धिमा लागेको बताएका छन् ।
नेपाल शिक्षक संघ बाग्मति गाउँपालिकाको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रम एवं पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बानियाँले वर्तमान सरकार गरिबको समृद्धिमा काम गर्नुको सट्टा आफ्ना नेताहरुको समृद्धिमा जुटेको बताए । उनले आफ्ना नेताहरुको समृद्धिमा लागेकाले जनतामा सरकारप्रति आक्रोश बढिरहेको बताए । वर्तमान सरकारको कार्यशैलीले कम्युनिष्ट नेताहरुमात्रै धनी हुने उनको दावि थियो । गरिब जनतालाई करको बोझ थोपर्ने, भ्रष्टाचार बढाउने र दण्डहिनतालाई प्रोत्साहन गर्नेतर्फ सरकार अघि बढेको नेता बानियाँले जिकिर गरे ।
सरकारको असफलताको फाइदा उठाउँदै व्यवस्था असफल बनाउन चाहनेहरु सक्रिय भईरहेको भन्दै उनले सबै सचेत हुनुपर्नेमा जोड दिए । यस्ता तत्वहरुको प्रतिकार गर्न र सरकारको गलत कामको भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन दिंदै नेता बानियाँले जनताको समस्या समाधानमा कांग्रेस नेता कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिए ।
नेपाल शिक्षक संघ बाग्मति गाउँपालिका सभापति जयनेपाल थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि प्रेमचन्द्र दाहाल, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, प्रवक्ता प्रदिप कोइराला, महासमिति सदस्य धर्म लामिछाने, जिल्ला सदस्य शेरबहादुर लामा, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, हेटौँडा नगर सभापति आनन्दराम पराजुली, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, शिक्षक संघ जिल्ला अध्यक्ष रामकुमार अधिकारी, बाग्मति गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष डिल्लीप्रसाद घोरासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला सदस्यहरु, विभिन्न भातृ संगठनका पदाकिारी, तथा पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपाका २० जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

