Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेमकिपाको अध्यक्षमा पुनः विजुक्छे

Narayan1-1569304406.jpg

७ असोज, भक्तपुर । नारायणमान बिजुक्छे पुनः नेपाल मजदुर किसान पार्टीको अध्यक्ष चयन भएका छन् । नेमकिपाको भक्तपुरमा सम्पन्न सातौं महाधिवेशनबाट विजुक्छे पुनः अध्यक्षमा चयन भएका हुन् । 
सोमबार सम्पन्न महाधिवेशनले उनको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नयाँ कार्यसमितिको सदस्यमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन रहेका छन् । 
त्यसैगरी, सदस्यहरुमा सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सैंजु, सरोजकुमार साह रहेका छन् । बैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव रहेका छन् ।

नारायणमान विजुक्छेको परिचय

नारायणमानको जन्म वि.सं. १९९६ साल फागुन २६ गते बागमती अञ्चलभक्तपुर जिल्लाको सुकुलढोका-५ मा भएको थियो। पिता गणेशमान बिजुक्छे र माता सूर्यमाया बिजुक्छेका एघार सन्तान (पाँच भाइ, छ दिदी-बहिनी) मध्ये उनी जेठा हुन्। उनले भक्तपुरको पद्म माध्यमिक र शारदा रात्रि माध्यमिक विद्यालय एवम् भक्तपुर कलेजमा पढे। युवा अवस्थामै सक्रिय राजनीतिमा होमिएका बिजुक्छेले औपचारिक शिक्षाको रुपमा मानविकी शास्त्रको स्नातक परीक्षामा सम्मिलित भए तर स्नातक पुरा गरेनन्। राजनीति शास्त्र र अर्थशास्त्र दुवै विषयमा उनको चाख भएकाले उनले यी दुवै विषयमा अध्ययन गरे। उनको जन्म हिन्दू परिवारमा भएपनि उनी भौतिकवादी मान्यता राख्छन्। उनको विवाह रामेछाप जिल्लामा घर भएकी एक शिक्षककी छोरी शोभा प्रधानसँग २०४० सालमा भयो। रोहितका दुई छोराहरू छन्- सुवेग र सुवान ।

वि.सं. २०१०-११ सालमा गौरमा नेत्रदान कार्यक्रममा स्वयंसेवक भई काम गरेका उनले २०१२ सालमा रौतहट जिल्लाका बाढी पीडितहरूको सहायताका लागि कम्युनिष्ट पार्टीको र्‍यालीमा सहभागिता जनाएका थिए। यसबाट कम्युनिष्ट विचार प्रति आकर्षित भएका उनले २०१३ सालमा विद्यार्थी फेडरेशनको सदस्यता लिए र वि.सं. २०१७-१८मा युनियन (कलेज)को अध्यक्ष पदमा चुनिए। २०१५ सालताका मार्क्सवादी अध्ययनसर्कलमा संलग्न रही २०१६-१७मा भक्तपुर जिल्ला कमिटीको अध्यक्ष भए। वि.सं. २०१६ सालमा प्रतिकुल स्वास्थ्यस्थितिका कारण झण्डै १ वर्ष उनी उपचारार्थ चीनमा रहे । वि.सं. २०२१-२२ सालतिर पञ्चायती व्यवस्थाले चलाएको भूमिसुधार कार्यक्रम अन्तर्गत मोहीहरूले पाउनु पर्ने मोहीयानी हक दिलाउन बिजुक्छे र उनका कार्यकर्ताहरूले भक्तपुरमा निकै मेहनत गरेको थिए। वि.सं. २०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका बिजुक्छे तत्कालीन पुर्वी पाकिस्तान (बङ्लादेश)माथि भारतको हस्तक्षेप र अरू सैद्धान्तिक कुरामा पुष्पलाल श्रेष्ठसँग मतभेद भएपछि २०३१ सालमा पुष्पलाल समूहबाट अलग भई २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गरी सोही दिनदेखि पार्टीका अध्यक्ष रही आएका छन्। पञ्चायती व्यवस्था विरुद्ध सङ्घर्षरत रहँदै उनले झन्डै १० वर्ष उच्च भूमिगत जीवन बिताए र विं.स. २०३६ सालको जनमतसङ्ग्रह पश्चात नेपालमा आएर राजनीतिक यात्रा जारी राखे। भारतमा भूमिगत जीवन बिताउँदा उनले प्रवासी नेपाली विद्यार्थीहरू मार्फत कर्णाली अञ्चलमा बलियो सङ्गठन बनाएका थिए। २०४५ सालमा पञ्चायती सरकारले ह्योजू काण्डमा बिजुक्छे लगायत नेपाल मजदुर किसान पार्टी (तत्कालिन नेमकिसंघ)का ६५ जना नेता-कार्यकर्ताहरूमाथि फाँसीको सजाय माग गर्दै ज्यान-मुद्दा चलाएको थियो। देशमा बहुदलीय व्यवस्थाको बहाली पश्चात सो मुद्दा खारेज भई करिब २० महिनाको जेल जीवन पछि उनी लगायत सबै रिहा भए। बिजुक्छे वि.सं. २०४८को आम निर्वाचन, २०५१को मध्यावधि र २०५६को आम निर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। वि.सं. २०६४ र २०7० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएर उनी हाल व्यवस्थापिका सदस्यका रुपमा कार्यरत छन्। भक्तपुर शहरलाई सफा, पर्यटकीय बनाउन बिजुक्छे नेतृत्वको टिमको महत्वपूर्ण योगदान रहेको तथा ख्वपः कलेजको निर्माण, संचालन जस्तो कामले दिएको जशका कारण भक्तपुरको मुख्य शहरमा नेपाल मजदुर किसान पार्टीको पकड देखिँदै आएको छ ।

साभार : विकिपेडिया


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार