Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सरकार असफल हुँदा व्यवस्था विरोधी सक्रिय भए : बानियाँ

Nepali-Congress-1569331506.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकार असफल भईरहँदा व्यवस्था विरोधीहरु सक्रिय बताएका छन् । 
सरकारले जनविश्वास गुमाएको र यहि मौका छोपी संघीयता र लोकतान्त्रिक गणतन्त्र विरोधी तत्व सक्रिय भएको भन्दै उनले व्यवस्थालाई जोगाई राख्न कांग्रेसले सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको मंगलबार हेटौंडामा समापन गर्दै उनले संघीयता र लोकतान्त्रिक गणतन्त्र जोगाउन कांग्रेस प्रतिवद्ध रहेको भन्दै उनले कम्युनिष्ट सरकार यसप्रति जिम्मेवार नदेखिएको बताए । 
उनले देशमा भ्रष्टाचार, महंगी, बलात्कार लगायतका दर्जनौ काण्ड हुँदा समेत वर्तमान सरकारले घटनाका दोषीलाई कारवाही नसक्दा जनतामा निरासा बढेको बताए । जनताको भरोसा जित्न नसकेको अहिलेको ओली सरकारको विकल्प कांग्रेसको भोलीको सरकार हुनेमा ढुक्क रहन जनतालाई बानियाँको भनाई थियो । कांग्रेसको जिम्मेवार प्रतिपक्षको भूमिकालाई कमजोरी नसम्झन सरकारलाई चेतावनी दिंदै उनले ओली नेतृत्वको सरकारको गलत काम जनतासम्म पुर्याउन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।
नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवं प्रदेशसभा सदस्य गिता वाग्ले, केन्द्रीय प्रतिनिधिहरु ऋषिराम घिमिरे, प्रेमचन्द्र दाहाल, कांग्रेस मकवानपुर सचिव बुद्ध लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्वसांसद राजाराम स्याङ्तानका भाई दलबहादुर स्याङ्तान र नेकपा मनहरी गाउँपालिका–५ का सदस्य हिरालाल पाख्रिन नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । यसअघि, कांग्रेस जिल्ला पार्टी कार्यालयबाट निस्किएको विरोध ¥याली हेटौंडाको कान्तिराजपथ, स्कुलरोड, सीमा चोक हुँदै बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

Nepali-Congress1-1569331507.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार