७ असोज, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः निर्मलाकुमारी लम्साल चयन हुन भएको छ । संस्थाको मंगलवार भएको सातौ वार्षिक साधारणसभाले लम्सालको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मानकुमारी पाख्रिन सदस्यहरुमा संगिता घलान, सकुन्तला गिरी कुमारी गोङवा, मन्जुकुमारी गोले, सुजता आले र भुवनकुमारी तिमल्सिना चयन भएका छन । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा राधिका सापकोटा सदस्यहरुमा कल्पनाकुमारी गौतम र कृष्णमाया पाख्रिन सर्वसम्मत चयन भएका छन ।
साधारणसभामा संस्थाकी अध्यक्ष निर्मलाकुमारी लम्सालले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिकी संयोजक राधिका सापकोटाले लेखा समितिको प्रतिवेदन र उपाध्यक्ष मानकुमारी पाख्रिनले पशुधन वीमाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा उत्कृष्ठ विद्यार्थी निलम पाख्रिन, अनिल घिमिरे, राजन पाख्रिन र सौगात दाहाल, उत्कृष्ठ ऋणीमा अनिसा भ्लोन, ठक्करकुमारी वजगाई, अन्जु थापा, शारदा दाहाल, सावित्री सापकोटा र सरस्वती गौतम,उत्कृष्ठ तरकारी खेती गर्ने निरमाया थोकर लगायतकालाई सम्मान गरिएको थियो ।
मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष निर्मलाकुमारी लम्सालको सभाध्यक्षतामा भेला भएको थियो । भेलामा मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियार, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, साना किसान लघुवित्त प्रमुख शेर बहादुर चौधरी, मकवानपुरगढी गाउँपालिका पशु शाखा प्रमुख सत्यनारायण शाह, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद दहाल, हिमाल महिला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानुका दाहाल, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी,भानु मावि व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१ हजार ३ सय ४६ जना शेयर सदस्यहरुको रहेको यो संस्थाले ११ करोडको आर्थिक कारोवार गरेको संस्थाकी व्यवस्थापक गिता लम्सालले बताईन् ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







