Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

त्रिकोणात्मक क्रिकेट सिरिजः नेपाल जिम्बावेसँग फेरि पराजित

SI_M0161-1569979054.jpg

१५ असोज, हेटौंडा । सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको छ । 
मंगलबार भएको खेलमा१ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रन समेटियो । नेपालका लागि विकेटकिपर विनोद भण्डारीले ३५ बलमा ४ चौका सहित सर्वा्धिक ३३ रनको योगदान दिए ।
त्यस्तै करण केसीले १० बलमा समान १ चौका र छक्का सहित १८ रनमा क्याच आउट भए । पहिलो ओभरमो अन्तिम बलमा ओपनर पवन सरार्फ शून्यमा क्याच आउट भए । दोस्रो ओभरको चौथो बलमा उप कप्तान दीपेन्द्र सिंह ऐरी तेन्दाइ चतराको बलमा खराब शट खेल्दै ४ रनमा पेभिलिएन फर्केका थिए । 
कप्तान पारस खड्कालाई सन विलियम्सले १२ रनमा क्याच आउट गराएपछि नेपाल संकटमा परेको थियो । पारसले १५ बलमा २ चौका प्रहार गरे ।
आरिफ शेख दशौं ओभरको तेस्रो बलमा ठूलो सटको धुनमा बाउन्डी लाइन नजिकै तिनोटन्डा मुतोम्बोडजीबाट २५ रनमा क्याच आउट हुन पुगे । आरिफले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे । 
जिम्बावेको जितमा कप्तान सन विलियम्सले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । तिनोटन्डा मुतोम्बोडजी २,तेन्दाइ चतरा,ड्यानियल जकेल,विलियम मैशिंग रयान बर्लको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको जिम्बावेले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । नेपालक लागी सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए भने सोमपालले ४ ओभरमा १५ रन खर्चेर २ तथा पारस र अभिनाश बोहोराले समान समान १÷१ विकेट लिए ।
नेपाल पहिलो खेलमा पनि जिम्बावेसँगै ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । 
नेपालले त्रिकोणात्मक सिरिजमा अन्तिम खेल भोली सिंगापुरसाग खेल्ने छ ।
 

SI_M0161-1569979070.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार