२४ असोज, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले नेपाल प्रहरीको सेवा जनतामैत्री हुुनुपर्नेमा जोड दिएका छन् ।
६४ औं प्रहरी दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न खोलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि जनतामैत्री ढंगले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले पनि प्रदेश प्रहरी गठन गरी सुरक्षालाई जनस्तरसम्म मजबुद र सुदृढ बनाउने मूख्यमन्त्री पौडेलले बताए ।
उनले राज्य विरुद्ध हुने गतिविधि अपराध लगायतको सूचना संकलन, अध्ययन, अनुसन्धानका लागि प्रदेश अनुसन्धान व्यूरो गठन गर्ने समेत कार्यक्रममा जानकारी दिए । स्थानीय स्तरमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरुका लागि इकाईका भौतिक संरचना दरिलो बनाउन तीनवटै तहका सरकारको समन्वयमा स्रोत साधनको व्यवस्था गर्न र सुरक्षाकर्मीहरुको क्षमता विकासमा प्रदेश सरकारको ध्यान गएको उनको भनाई छ ।
३ नम्बर प्रदेशका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, ३ नम्बर प्रदेशका अनुसन्धान निर्देशक सुनिल ढकाल, अख्तियारको निमित्त प्रमुख अखण्ड शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अमर प्रहरीका परिवार, विभिन्न जिल्लामा उत्कृष्ट काम गर्ने प्रहरी, खेलकुद कार्यक्रमका उत्कृष्ट र विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...











-1780-1781487498.jpg)






