Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ट्राफिक प्रहरीलाई अटेर गर्दै 'नो पार्किङ'मा नै पार्किङ

Traffic-(1)-1570782596.jpg

२४ असोज, हेटौँडा । सवारी दुर्घटना न्यूनिकरणका लागि हेटौँडा–११ राप्तिपुलदेखि बाघथलीसम्म केहि दिन अघि घोषणा गरिएको ‘नो पार्किङ’ क्षेत्रमा अटेर गर्दै पार्किङ गर्न थालिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ को सहकार्यमा राप्तीपुलदेखि बाघथलीसम्मको करिब १.५ किलोमिटर क्षेत्रमा यो क्षेत्रमा सडकको दायाँ बायाँ ४/४ मिटरको दुरीमा ड्रम राखेर नो पार्किङ क्षेत्र बनाईयो । यो क्षेत्रमा मालवाहक सवारी रोक्न नपाईने जनाईएको थियो । 
तर यसलाई अटेर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै सवारी साधन पार्किङ हुन थालको छ । यो क्षेत्रमा बढी ग्यारेज भएको र सडक छेउमा सवारी रोकिनाले सडकमा आवतजावत गर्न कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरीले यसलाई कडाईका साथ लागु गर्ने जनाएको थियो । 
प्रहरीको प्रतिवद्धतालाई चुनौति दिंदै सवारी पार्किङ हुन थालेको एक स्थानीयले प्रष्टखबरलाई जानकारी दिए । उनले यो क्षेत्रमा दुर्घटनाको ज्यादै जोखिम रहेकाले पार्किङ निषेध गर्नु राम्रो काम भएपनि निरन्तरता दिन सरोकारवाला निकायले उदासिनता देखाउँदा व्यवसायीहरुले पुनः यस क्षेत्रलाई पार्किङ क्षेत्र बनाउने क्रम बढेको बताए । 
उनले ट्राफिक प्रहरी र सामुदायिक प्रहरीले ध्यान दिनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुस्

सावधान ! अब राप्तीपुलदेखि बाघथली सम्मको राजमार्ग छेउमा गाडी रोक्न नपाइने

Traffic-(2)-1570782602.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार