Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

महरा र आलमको पद निलम्बन

Mahara-1571022480.jpg

File Photo

२७ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमको सांसद पद निलम्बन सरह भएको छ । सांसद् सदस्यको हैसियतबाट दुबैले कुनै पनि काम गर्न नपाउने भएको समाचार नागरिक दैनिकमा छ ।

निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटरस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो भने सांसद आलामलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्राउ गरिएको छ। प्रतिनिधिसभा निर्वाचन २०७४ मा निवर्तमान सभामुख महरा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट दाङ २ बाट निर्वाचित हुन् भने आलाम नेपाली कांग्रेसबाट रौतहट २ मा निर्वाचित सांसद हुन् ।

पक्राउ अवधिभर उनीहरूले सांसद सदस्यको हैसियतबाट कुनै काम गर्न नपाउने र प्राप्त हुने कुनै सेवा सुविधा उपलब्ध हुनेछैन।  दुवैजनाको नैतिक पतन देखिने फौजदारी अपराध भएकाले नेपालको संविधान र प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम दुवैको सांसद् पद निलम्बन सरह भएको छ ।

Aftab-1571022480.jpg

File Photo


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार