Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

हेटौँडाका सिसी क्यामाराको भुक्तानी २ बर्षसम्म पनि भएन

कागजात नभएको भन्दै संघले रकम तिर्न मानेन

CC1-1571818341.jpg

६ कार्तिक, हेटौँडा । हेटौँडा बजारको सुरक्षाका लागि जडान गरिएका सिसी क्यामाराको भुक्तानी जडान गर्ने कम्पनीले २ बर्षसम्म पनि नपाएको खुलेको छ ।
मकवानपुर उद्योग बाणिज्य संघका तत्कालिन अध्यक्ष राजकुमार न्यौपाने र कार्यकारी सचिव विवेक मानन्धरको मौखिक आग्रहमा काम गरेपनि अहिलेसम्म भुक्तानी नपाएको क्यामारा जडान गर्ने द क्रियटिभ ग्रुप्सले प्रष्टखबरलाई जनाएको छ । ‘तत्कालिन अध्यक्ष राजकुमार न्यौपाने र कार्यकारी अधिकृत विवेक मानन्धरको मौखिक आग्रहमा काम गरियो, त्यसपछि उहाँहरुले पनि भुक्तानीका लागि आश्वासन दिनुभयो तर नयाँ कार्यसमितिले यसबारे अनविज्ञता देखायो ।’–ग्रुप्सकी संचालिका जानुका श्रेष्ठले भनिन्–‘संघले सामान नै प्रयोग नगरेको भन्दै विल समेत फिर्ता पठाएको छ ।’ 
दुबै कार्यसमितिले पटक पटक आश्वासन मात्रै दिएको उनको भनाई छ । क्रियटिभले २०७४ साउनमा न्यौपानेसंगको सहमतिमा बसपार्क, कान्तिराजपथ, मेनरोड, बुद्धचोक, बैकरोड लगायतका क्षेत्रमा ११ वटा नयाँ क्यामारा र बाँकी यसअघि कम्युटर नेटवर्किङ एशोसियसन काठमाडौंले जडान गरिदिएको क्यामारा मर्मत गरी २० वटा संचालन गरी दिएको थियो । तर नयाँ क्यामारा, जडान र मर्मतको ५ लाख ५४ हजार ९ सय ९४ रुपैँया २ बर्ष हुँदा पनि नपाएको क्रियटिभले जनाएको छ । 
आफुले विश्वासमा काम गरेपनि अहिले आएर आफुलाई अघिल्लो कार्यसमिति र अहिलेको कार्यसमितिले रकम भुक्तानी नदिएर धोका दिएको श्रेष्ठको भनाई छ । ‘व्यवसायीको हित गर्ने संस्था हो भनेर विश्वासमा काम गरियो, अहिले आएर धोका दिने काम भयो ।’–उनले भने । क्रियटिभलाई सिसि क्यामाराको काम दिने राजकुमार न्यौपाने नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य छन् भने विवेक मानन्धरले संघ छोडिसकेका छन् । 
यता, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले निवर्तमान अध्यक्ष न्यौपाने र तत्कालिन कार्यकारी सचिव मानन्धरसंग मौखिक कुरा भएको भन्ने जानकारी बाहेक संघमा औपचारिक रुपमा कुनै पनि कागजात नभएकाले भुक्तानी गर्न अहिलेको कार्यसमिति असमर्थ भएको बताए । उनले संस्थाले व्यक्तिको भनाई भन्दा पनि आधिकारिक कागजात खोज्ने र अहिलेको कार्यसमितिले विना कागजात भुक्तानी गर्दा आर्थिक अनुशासन उल्लंघन हुने कार्यसमितिको निर्णय अनुसार नै भुक्तानी हुन नसकेको बताए ।
भुक्तानी पाउनुपर्ने हो, अहिलेको नेतृत्वले समन्वय गरेन : न्यौपाने
सिसी क्यामारा जडानको मौखिक सहमति दिने संघका तत्कालिन अध्यक्ष राजकुमार न्यौपानेले पनि व्यवसायीले गरेको कामको भुक्तानी पाउनुपर्ने बताएका छन् । मकवानपुर उद्योग बाणिज्य संघ र हेटौँडा उपमहानगरपालिकाको समन्वयमा काम गर्ने तय भएपछि मौखिक सहमतिमा काम अघि बढेको बताउँदै उनले कामको मूल्यांकन गरी भुक्तानी दिनुपर्ने बताए । उनले आफ्नो कार्यकाल सकिएपनि संस्थागत कामको जिम्मेवारी संघ नेतृत्वले लिनुपर्नेमा जोड दिंदै उनले अहिलेको नेतृत्वले समन्वय गर्न नसकेको बताए । ‘मेरो कार्यकालमा नगरपालिकासंगको समन्वयमा काम शुरु भयो, पछि काम सकिएपछि भुक्तानी दिन समन्वय गनुपर्ने भएपनि संघको नेतृत्वले समन्वय गरेन ।’–उनले भने । 
आफुले काम गर्ने व्यवसायी मारमा पर्न नहुने भन्दै संघको कार्यसमिति र हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतसंग कुरा राखेको बताए । तर दुबै पन्छिएको अवस्था आएको उनले बताए । सिसी क्यामारा नगर सुरक्षाका लागि आवश्यक भएकाले संघ र नगरपालिकाको सहमतिमा काम अघि बढाएको बताउँदै यसको भुक्तानीका लागि दुबैको पहल हुनु जरुरी रहेको उनको भनाई छ ।
मर्मतका लागि सबै सरोकारवालासंग आग्रह गरेका छौं : एसपी सिंह
मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले सिसी क्यामाराको जडानका लागि आफुले सबै सरोकारवालासंग आग्रह गरेको बताए । उनले सिी क्यामारा जडान भए सुरक्षा व्यवस्था मजबुद बनाउन थप मद्धत पुग्ने भएकाले सबैलाई क्यामारा मर्मतका लागि आग्रह गरेको बताए । उनले व्यवसायिक संस्था, बैंर्कस, सरकारी निकाय सबैसंगको समन्वयमा सिसी क्यामारा जडान हुने विश्वास व्यक्त गरे । यसअघि जडान गरिएका क्यामारा पुराना प्रविधिको भएकाले मर्मतमा केही समस्या भने रहेको उनले बताए ।

CC-TV-Monitor-1571818436.jpg

सिसी क्यामाराको बन्द रहेको जिल्ला प्रहरी कार्यालयस्थित मोनिटर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार