१० कार्तिक, हेटौँडा । हेटौंडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले लक्ष्मीपुजाको अवसर पारेर विविध खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले लक्ष्मीपुजा तथा संस्थाको बाल वचत कार्यक्रमा आबद्ध बालबालिकाका लागि मनोरन्जन प्रदान गर्ने उद्देश्यले विविध खेलकुद कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाले घैटो फुटाइ प्रतियोगिता, म्युजिकल चेयर र चकलेट रेस प्रतियोगिता सम्पन्न गरेको संस्थाका अध्यक्ष हिमाल पौडेलले बताएका छन् । संस्थाका पधाधिकारी तथा जनप्रतिनिधिको सहभागिता गरिएको घैटो फुटाइ प्रतियोगितामा मिना अधिकारी विजयी भएको छिन् । संस्थाको बाल वचत कार्यक्रमा आबद्ध करिब ३० बालबालिकाको सहभागितामा भएको म्युजिकल चेयरमा शोनिषा आचार्य प्रथम तथा निषव देवकोटा द्वितीय, त्यसैगरी चकलेट रेसमा आहना खनाल प्रथम, आरोहि अर्याल द्वितीय र प्रिसियस जंग क्षेत्री तृतीय भएका थिए ।
प्रतियोगितामा सफल हुनेलाई संस्थाका अध्यक्ष हिमाल पौडेल तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार बद्रीबहादुर पाठक, रोम प्रसाद न्यौपाने, संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी संस्थाको वार्षिक भेला आगामी मंसिर ७ गते शनिबार हुने भएको भएको छ ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















