Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायिक वनमा लगाएको कर हट्दैन : नेपाल

Fecofun-1572598766.jpg

१५ कार्तिक, हेटौँडा । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले सामुदायिक वनमा लगाएको कर नहट्ने बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले हेटौँडामा शुक्रबार गरेको सामुदायिक वनको समस्या र सम्भवना विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री नेपालले सामुदायिक वनमा लगाएको कर जायज भएको भन्दै मन्त्रीको हैसियतले यसको जिम्मेवारी लिने बताए । ऐन भर्खरै कार्यान्वयनमा आएको भन्दै उनले सामुदायिक वनको मर्म विपरित भए केही समयको परिक्षणपछि सरोकारवालासंग छलफल गरी संशोधन गर्न तयार रहेको बताए । वन, उद्योग लगायतका क्षेत्रबाट कर संकलन गरेर नै राज्य संचालन हुने बताउँदै मन्त्री नेपालले कर सामुदायिक वनमा कर लगाउने अधिकार प्रदेशलाई रहेको स्पष्ट पारे । सामुदायिक वनले परम्परागत सोच त्यागी नविनतम ढंगबाट यसको सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति रमा आले मगरले आफुहरुले पनि तेहेरो करको विषयमा समितिमा धेरै छलफल गरेको बताउँदै यसलाई एकद्वार प्रणालीमार्फत संकलन हुनेपर्नेमा जोड दिईन् । प्रदेशसभा सदस्य मुनु सिग्देल र कुसुमकुमार कार्कीले पनि सामुदायिक वनमा अहिले उठेको करको समस्या समाधानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य शान्ता न्यौपाने, ३ नम्बर प्रदेश अध्यक्ष विनोद सापकोटा, सदस्य रामहरी चौलागाई, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल, डिभिजन कार्यालय राप्तिका प्रमुख दिर्घनारायण कोइराला, फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले राज्यले सामुदायिक वनमाथि लगाएको तेहेरो कर खारेज गर्नुपर्ने, राज्यले समय समयमा अनावश्यक रुपमा निर्देशिकामार्फत लगाईने बन्देजहरुको खारेज गर्नुपर्ने लगायतबारे ध्यानाकर्षण गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार