१५ कार्तिक, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिसंग अन्तरक्रिया गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता एवं फोकोफन स्थानीय महासंघ हेटौँडाका अध्यक्ष शम्भुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मेयर महतले सामुदायिक वनको विकासको लागि नगरपालिका सदैव सहयोग गर्न तयार रहेको बताए । उनले सामुदायिक वनको माध्यमबाट वनको संरक्षण र विकास भएको भन्दै नगर क्षेत्रभित्र रहेका सबै सामुदायिक वनको हितमा आफुले काम गर्ने बताए । वनसम्बन्धी स्थानीय ऐन ल्याउन सरोकारवालाहरुसंग छलफल गर्ने समेत उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा हेटौँडा वडा नम्बर ७ का अध्यक्ष एवं वन तथा वातावरण शाखा संयोजक राजन थापा, ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, ३ नम्बर वडा अध्यक्ष रामकुमार पुडासैनी, १८ नम्बर वडा अध्यक्ष अनिल बानियाँ, १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी लगायतले सामुदायिक वन समूहहरुसंग सहकार्य गर्न तयार भएको भन्दै सामुदायिक वन समूहले पनि सहकार्यमा आउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा फेकोफन केन्द्रीय अध्यक्ष भारती पाठक, प्रदेश सदस्य रामहरी चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, विभिन्न सामुदायिक वन समूहका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















