१६ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले छठको शुभारम्भ गरेका छन् । राप्तितटमा भएको औपचारिक कार्यक्रममा मूख्यमन्त्री पौडेलले छठ शुभारम्भ गरेका हुन् ।
छठ पुजा व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा मूख्यमन्त्री पौडेलले सामाजिक सद्भावका लागि छठसहितका पर्वले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालमा मनाईने पर्वलाई सिंगो नेपालीको साझा चाडको रुपमा मनाउन सके मात्रै समृद्धि र संविधान अक्षरश पालना भएको ठहरिने उनको भनाई थियो ।
सरकारले पनि छठ पर्वलाई अपनत्व ग्रहण गर्ने पौडेलले बताए । जातीय र धर्म विशेषको सरकार नभई सबैको साझा सरकार भएकाले समान ढंगबाट काम गर्ने समेत उनको दावि थियो । उनले विकासको काम पनि तिब्र गतिमा भईरहेको बताए ।
समितिमा संयोजक सुशिल सिनोरियाको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारी प्रदेश संसाद प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवति पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, निमित्त प्रहरी प्रमुख यज्ञ प्रसाद भट्टराई,वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल,विभिन्न संघसंस्थाको प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
राप्तितटमा अहिले ठूलो संख्यामा भक्तालु र दर्शनार्थीहरुको घुईचो रहेको छ ।
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...











-1780-1781487498.jpg)






