१७ कार्तिक, हेटौँडा । नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघले ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेललाई आफ्नो समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष चन्दना कोइराला, महासचिव घनश्याम पौडेलद्वारा हस्ताक्षरित ज्ञापतपत्रमा यस्तो माग गरिएको हो
महासंघले कृषि कार्य गर्ने भन्दै भन्सार छुट लिएर ल्याएका ट्रयाक्टरमा कपास बनाउने मेसिन जोडेर दुरुपयोग गरेको बताईएको छ । ज्ञापन पत्रमा यस्ता ट्रयाक्टरका कारण ३ नम्बर प्रदेशका करिव १५ सय उद्योग व्यवसायी मारमा परेको भन्दै यस्तो कार्यमा प्रयोग भएका ट्रयाक्टरलाई कृषि कार्यमै लगाउन माग गरिएको छ । त्यस्ता ट्रयाक्टरका कारण लघु तथा मझौला उद्योगी तथा व्यवसायीले कामबाट हात झिक्नुपर्ने अवस्था भएको भन्दै त्यस्ता ट्रयाक्टरलाई हटाई निर्धारित काम (कृषि) मा लगाउन महासंघले माग गरेको छ । उद्धेश्य विपरित कार्य गर्ने त्यस्ता ट्रयाक्टरलाई औद्योगिक व्यवसाय ऐन २०७५ अनुसार कारवाही गर्न समेत माग गरिएको छ ।
ज्ञापनपत्रमा सरकारले ल्याउन लागेको भनिएको घुम्ती उद्योग संचालन सम्बन्धी विधेयकले अहिले संचालनमा रहेका उद्योगहरुको प्रतिकुल हुने भएकाले सरोकारावालाहरुसंग छलफल र अध्ययनपछि मात्रै अघि बढाउन माग गरिएको छ । मझौला तथा घरेलु उद्योगहरुको विकास एवं प्रवद्र्धनका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन समेत माग गरिएको छ ।
देशभरका २२ हजार यस्ता उद्योगमा ३५ हजार व्यवसायीको १० अर्बको लगानी रहेको र २ लाखले रोजगारी पाएको महासंघले जनाएको छ ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...










-1788140988.jpg)







