२० कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका नवनियुक्त प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बुधबार पदभार ग्रहण गरेका छन् ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखको सपथग्रहण गर्नुभएका प्रसाईले बुधबार दिउँसो प्रदेश प्रमुखको कार्यालय हेटौँडामा पदभार ग्रहण गरेका छन् । उनलाई प्रदेशका मन्त्री शालिकराम जम्कट्टेल, कैलाश ढुंगेल, युवराज दुलाल, प्रदेश सांसद प्रदिपकुमार कटुवाल क्षेत्री, जिल्ला समन्वय समितिका प्रमख रघुनाथ खुलाल, हेटौँडा नगरपालिकाकी उपप्रमुख मिना लामा, सरकारी कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरुले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै उनले सबैसंगको सहकार्यमा संवैधानिक दायरामा रही प्रदेशको प्रगति र उन्नतिमा काम गर्ने बताए ।
पदभार ग्रहणपछि प्रदेश प्रमुख प्रसाईले मन्त्री, प्रदेश सांसद, सरकारी कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरुलाई सम्बोधन गरेका थिए । कार्यक्रममा ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल भने अनुपस्थित रहेका थिए । प्रदेश प्रमुख प्रसाई सपथग्रहणका लागि हेटौँडा आउँदा मूख्यमन्त्री पौडेल भने काठमाडौं लागेका थिए । मूख्यमन्त्री पौडेल कामको सिलसिलामा केही दिनका लागि काठमाडौं गएको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । मूख्यमन्त्री पौडेल पाँच दिन काठमाडौंमा रहनेछन् ।
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...











-1780-1781487498.jpg)






